"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

Table of Content

नारायणगढ, २४ भदौः  

चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा कुल ३६३ वटा शव फेला परेका छन् । तीमध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण र कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको छ ।

हालसम्म फेला परेका शवमध्ये १४ वटा शवको मात्र सनाखत (पहिचान) हुन सकेको छ । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको एसपी पौडेलले जानकारी दिए ।

पहिचान खुल्न नसकेका ३४९ वटा शवको सुरक्षित व्यवस्थापन गरिसकिएको उनले बताए । शव व्यवस्थापन कार्य गत १३ भदौदेखि सुरु गरिएको थियो ।

व्यवस्थापन गरिएका सबै शवको भविष्यमा आफन्तको डिएनएसँग मिलान गर्न मिल्नेगरी डिएनए नमूना सुरक्षित राखिएको छ । हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई  प्राथमिकता दिएको छ ।

हालसम्म जिल्लामा ७५ जना आफन्तको डिएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । सङ्कलन गरिएका नमुनामध्ये भारतीय नागरिकका आफन्तको डिएनए नमूना पनि रहेको प्रहरीले जनाएको छ । रासस

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Sab-Bebasthapan-pic-1280x720

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

नारायणगढ, २४ भदौः   चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको...
1-1788945667

शहीदको अनुहार शालिकमा नमिलेपछि ‘जेनजी’ स्मृति पार्क उद्घाटन स्थगित

काठमाण्डाै – ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित ‘जेनजी शहीद’ हरूको शालिक र स्मृति...
1-1788418889 (1)

भाेटेकाेशी बाढी : १ हजार ३६७ वटा शव फेला, ५ हजार १३२ जना सम्पर्कविहीन

काठमाण्डाै – रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिन...
1-1788941601

जापानमा कीर्तिमानी वर्षा : एशियाली खेलकुदका खेलाडीलाई सुरक्षित ठाउँमा सारियो

जापानको नागोयामा भएको कीर्तिमानी वर्षाका कारण एशियाली खेलकुदमा सहभागी सयौँ खेलाडीलाई केही समयका लागि आफ्नो...
1-1788418889

भाेटेकाेशी बाढी : १ हजार ३६७ वटा शव फेला, ५ हजार १३२ जना सम्पर्कविहीन

काठमाण्डाै – रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०