"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू

Table of Content

काठमाण्डाै – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन शुरू गरेको छ ।

पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्डस्तरबाटै सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका ७ वटा टोलीले आजदेखि भदौ ३० गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् । कार्यदलअन्तर्गतका १२ वटा विषयगत समूहले सातै प्रदेशका २८ जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा पालिकाका प्रतिनिधिसँग सुझाव लिने कार्यक्रम रहेको छ ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पहिलो चरणको २८ जिल्लाको भ्रमणपछि ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र केन्द्रको वेबसाइटमार्फत समेत सुझाव सङ्कलन गरिनेछ । यो सम्पूर्ण प्रक्रिया तिहारअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मन्त्रालयले बौद्धिक पूर्वाग्रहबाट टाढा रही फिल्डको वास्तविक अवस्था बुझेर भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गरिने जनाएको छ । सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रालय, पालिका र विद्यालयसँगको छलफलबाट प्राप्त अनुभवलाई परिमार्जित पाठ्यक्रमको मुख्य आधार बनाइनेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Coffee_final_one_EfVIwGGqsT (1)

अत्यधिक तातो चिया वा कफी पिउँदा क्यान्सर हुन सक्ने जोखिम

बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफीजस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्ननलीको क्यान्सरको जोखिम...
education-ministry-1788951030 (1)

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू

काठमाण्डाै – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण...
1-1788937109

भारतमा महिलाकाे पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियाे

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा काठका चम्चा र...
Sab-Bebasthapan-pic-1280x720

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

नारायणगढ, २४ भदौः   चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको...
1-1788945667

शहीदको अनुहार शालिकमा नमिलेपछि ‘जेनजी’ स्मृति पार्क उद्घाटन स्थगित

काठमाण्डाै – ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित ‘जेनजी शहीद’ हरूको शालिक र स्मृति...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०