"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भारतमा महिलाकाे पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियाे

Table of Content

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा काठका चम्चा र एउटा मैनबत्ती निकालेका छन् । तीमध्ये एउटा कमल २५ सेन्टिमिटर लामो थियो ।

आन्ध्र प्रदेशको पाल्नाडु जिल्लाकी ३३ वर्षीया महिलाको पेटबाट अप्रेशन गरेर ती वस्तु निकालिएको बीबीसी हिन्दीले जनाएको छ ।

ती महिलाले छातीको बायाँ भागमा तीव्र पीडा महसुस गरेपछि परिवारले उनलाई माताश्री प्राइभेट हस्पिटलमा भर्ना गरेका थिए ।

शुरूमा चिकित्सकले ईसीजी र इन्डोस्कोपी गरेका थिए । ईसीजी रिपोर्ट ठीक थियो तर इन्डोस्कोपी रिपोर्टमा पेटमा लामा वस्तु रहेको पत्ता लागेको उपचार संलग्न डाक्टर रामचन्द्र रेड्डीले बताउनुभयो । डाक्टरले सफलतापूर्वक यी सबै वस्तुहरू निकाले र ती महिलाको ज्यान बचाए । अहिले महिलाको अवस्था स्थिर रहेको छ ।

डाक्टर रेड्डीका अनुसार ती महिला मानसिक रोगबाट पीडित थिइन् । उनले पितासँग कुनै विषयमा झगडा भएको र त्यही रिसमा ती वस्तु निलेको बताएकी छिन् ।

के यो घटना पहिलो हो ?

‘द टाइम्स अफ इन्डिया’ को प्रतिवेदनअनुसार सन् २०२५ मा उत्तर प्रदेशको हापुरमा रहेको एउटा अस्पतालमा ४० वर्षीय पुरुषको पेटबाट २९ वटा स्टीलका चम्चा, १९ वटा टुथब्रस र २ वटा कलम निकालिएको थियो ।

यस्तै ‘नेशनल लाइब्रेरी अफ मेडिसिन’ का अनुसार सन् २०२४ मा इरानको अहवाजमा रहेको इमाम खोमेनी अस्पतालका डाक्टरले ३६ वर्षीय पुरुषको पेटबाट ४५० भन्दा धेरै धातुका वस्तुहरू सफलतापूर्वक निकालेका थिए ।

विभिन्न वस्तुहरू निल्नु स्वास्थ्यसम्बन्धी एक गम्भीर समस्या हो र यो प्रायः बालबालिकामा देखिने गर्दछ । यद्यपि यो समस्या केही वयस्कहरूमा—विशेषगरी मानसिक स्वास्थ्य समस्या भएकाहरूमा—तथा कारागारहरूमा पनि बारम्बार देखिने गर्दछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Coffee_final_one_EfVIwGGqsT (1)

अत्यधिक तातो चिया वा कफी पिउँदा क्यान्सर हुन सक्ने जोखिम

बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफीजस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्ननलीको क्यान्सरको जोखिम...
education-ministry-1788951030 (1)

विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि सुझाव सङ्कलन शुरू

काठमाण्डाै – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण...
1-1788937109

भारतमा महिलाकाे पेटबाट १३ वटा कलम, ५ वटा चम्चा र मैनबत्ती निकालियाे

भारतको आन्ध्र प्रदेशमा डाक्टरले एक महिलाको पेटबाट १३ वटा कलम, ५ वटा काठका चम्चा र...
Sab-Bebasthapan-pic-1280x720

भोटेकोशी बाढीः चितवनमा फेला परेका ३६३ शवमध्ये १४ को पहिचान, ७५ जना आफन्तको ‘डिएनए’ सङ्कलन

नारायणगढ, २४ भदौः   चितवनमा फेला परेका शवको व्यवस्थापनसँगै हराइरहेका व्यक्तिका आफन्तको ‘डिएनए’ नमूना सङ्कलन भइरहेको...
1-1788945667

शहीदको अनुहार शालिकमा नमिलेपछि ‘जेनजी’ स्मृति पार्क उद्घाटन स्थगित

काठमाण्डाै – ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित ‘जेनजी शहीद’ हरूको शालिक र स्मृति...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०