"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पुराना दलहरूसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न कार्यकर्तालाई रविको आग्रह

Table of Content

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

हिजो काठमाण्डौमा भएको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । विगतमा अरु नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको उहाँको भनाइ थियो ।

उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारात्मक कामहरुप्रति धन्यवाद दिनुपर्ने उहाँले बताउनुभयो । सभापति लामिछानेले सरकार मात्र बलियो नभई प्रतिपक्ष पनि बलियो रहेको र अब राजनीतिक संस्कृति देखाउन नेताहरूलाई आग्रह गर्नुभयो ।

प्रतिपक्षले देशमा लोकतन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको तर सुशासन ल्याउन नसकेकाले रास्वपाले सरकारको नेतृत्व गर्ने अवसर पाएको उहाँको भनाइ थियो ।  

सरकारलाई चुनावका क्रममा उठाएका मुद्दा, नागरिकका आशा पूरा गर्नका लागि पार्टीले अझ बढी जिम्मेवार बनाउँदै लगेको पनि उहाँको भनाइ छ । लामिछानेले सरकार गठनको १०० दिन पूरा भएदेखि प्रधानमन्त्रीसँग निरन्तर छलफलमा रहेको पनि बताउनुभयो ।

उहाँले पार्टीका केन्द्रीय सदस्यहरूलाई नागरिकका पक्षमा रहेर सरकारलाई खबरदारी गर्न पनि आह्वान गर्नुभयो । उहाँले सरकारले काम गर्दैं जाँदा विवाद र प्रशंसा हुने पनि बताउनुभयो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

साधारण-सभा-1280x720

रत्ननगर वडा नं–११, मङ्गलपुरस्थित कानुङ मगर समाजको वार्षिक साधारण सभा

रत्न्नगर । रत्ननगर वडा नं–११, मङ्गलपुरस्थित कानुङ मगर समाजको प्रथम वार्षिक साधारण सभा आइतबार गरिएको...
japanish-insefalaitis-1

चितवनमा एक महिनामा तीन जनामा जापानिज एन्सेफलाइटिसको सङ्क्रमण

भरतपुर । चितवन जिल्ला जापानिज एन्सेफलाइटिस (जेई)को उच्च जोखिममा रहेको छ । चितवनलगायत तराईका ३६...
US President Donald Trump holds presser amid Iran war

अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाइ

अमेरिकाले क्यानाडाकाे झण्डै २० अर्ब डलरका वस्तुमा ५० प्रतिशत महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव चर्किएको...
Rahughat_tunnel_breakthrough_nn0Sj44otA

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाण्डौ — म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा...
nepali-team-1787533922

टप एण्ड टी–२० शृखंलामा नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै

अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०