"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पसाहा खोलामा गरियो गरिमाको अन्त्येष्टी

Table of Content

सिमराः सरकारसँग तीन बुँदे सहमति भएसँगै बलात्कारपछि हत्या गरिएकी बारा जीतपुरसिमरा-१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको आइतबार दिउँसो अन्तिम संस्कार गरिएको छ । गरिमाको कलैया उपमहानगरपालिका-१४ बघवनस्थित पसाहा खोलामा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको हो ।

कलैया अस्पतालमा राखिएको गरिमाको शव उनका बुवा मनोज चौधरीले बुझेपछि अन्तिम संस्कारका लागि पसाहा खोला लगिएको थियो । सरकारसँग सहमति गरेर काठमाडौंबाट फर्किएलगत्तै प्रहरीले मनोजलाई कलैया अस्पताल लगेर शव बुझ्ने र अन्त्येष्टी गर्ने व्यवस्था मिलाएको थियो ।

गरिमाको अन्तिम संस्कारमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, नेपाली सेनाका प्रमुख सेनानी गिरीराज गौतम, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सरोज निरौला, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टसहित परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो ।

गृह मन्त्रालयमा शनिबार राति भएको छलफलमा सरकार र पीडित पक्षबीच जघन्य अपराधसम्बन्धी विद्यमान कानुनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी नयाँ कानुन तर्जुमाका लागि ७ दिनभित्र प्रतिवेदन पेश गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय समिति गठन गर्ने, गरिमाको स्मृतिमा शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी पहल गर्ने, धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार बालिकाको अन्तिम संस्कार गर्ने सहमति भएको थियो ।

सहमति भएसँगै गत बुधबार बिहानदेखि अवरुद्ध पारिएको पथलैया-वीरगञ्ज सडकखण्ड शनिबार राति १ बजेदेखि सुचारु भएको छ। यसअघि दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग राख्दै पीडित परिवार र स्थानीय बासिन्दाले प्रदर्शन गर्दै आएका थिए।

साउन ३१ गते बिहान घरबाट हराएकी गरिमाको शव तीन दिनपछि घरबाट करिब १५० मिटर दक्षिणतर्फ रहेको खाली घरमा अर्धनग्न अवस्थामा फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धानका क्रममा जीतपुरसिमरा-२ का १६ वर्षीय एक बालक, जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका १६ वर्षीय बालकले चकलेटको प्रलोभन देखाई बालिकालाई लगेर बलात्कार गरी डोरीले घाँटी कसेर हत्या गरेको बयान प्रहरीसमक्ष स्वीकार गरिसकेका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०