मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सत्पात्रको संगतले दैनिक व्यवहारमा सुधार ल्याउन सकिनेछ, परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन् ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : प्रतीक्षित नतिजाले मनमा उत्साह जगाउनेछ, शैक्षिक एवं व्यापारिक क्षेत्रमा उन्नति प्रगतिको दिन रहेको छ, साथीभाइसँग रमाइलो भेटघाट हुनेछ ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) : समय खर्चनुपरे पनि कालान्तरमा आफैंंलाई फाइदा हुनेछ, थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ, आर्थिक क्षेत्रमा प्रगति गर्न सकिनेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ, समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ, सम्मान प्राप्त हुने समय रहेको छ ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) : वादविवादको सम्भावना देखिन्छ सचेत रहनुहोला, अप्ठ्यारो समयमा शुभचिन्तकहरूको साथ र सहयोग जुट्नाले राहत मिल्नेछ ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ, कृषिकर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ, व्यवसायबाट लाभ लिन सकिएला ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) : पुरानो मित्रताले प्रेममार्ग अवलम्बन गर्न सक्नेछ, रमाइलो जमघटमा रमाउने दिन रहेको छ, मन प्रशन्न र खुसी बन्नेछ ।
बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) : आलस्य गर्ने बानीले पहिलेकै काम दोहाराएर गर्नुपर्ला, चिताएको काम पूरा गर्न केही समय लाग्नेछ, धैर्य भएर काममा लाग्नुहोला ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ, धैर्यतापूर्वक काममा लाग्नुहोला ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो ,गा, गी) : विपरीत लिङ्गीबाट साथ र सहयोग प्राप्त हुनेछ, प्रेम र मित्रताको बन्धन कसिनेछ, व्यवसायबाट पनि आंशिक लाभ लिन सकिएला ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) : तपाईंको कामले शत्रु वर्गको मेख मर्ने छ, रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ, साथीभाइबाट आवश्यक सहयोग जुट्नेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) : अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला, साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ, आफ्नो काममा विशेष ध्यान दिनुहोला ।
