"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Table of Content

 काठमाण्डौ – आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

यस वर्ष दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ । यस्तै, साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवर्द्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था/निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ ।

दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ । कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनी गरिँदैछ । यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो । सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवर्द्धनमा सबैलाई हातेमालो गर्दै अघि बढ्ने सङ्कल्प समेत दिवसका अवसरमा व्यक्त हुँदै आएको छ ।

दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । यस्तै, सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवम् युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गएको साउन १ गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ । युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूहका रूपमा लिइन्छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Yhaman-123-1786507733

यमनको लालसागरमा युद्ध, माझीहरूको जीविकोपार्जन संकटमा

यमनको लालसागर तटमा लामो समयदेखि जारी द्वन्द्वका कारण हजारौँ माझीको रोजगारी र जीविकोपार्जन संकटमा परेको...
Naima-2026-1786506801

नाइमा मोबिलिटी एक्स्पोमा आज नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी

काठमाण्डौ – भृकुटीमण्डपमा हिजोदेखि शुरु भएको `नाइमा मोबिलिटी एक्स्पो–२०२६’ मा एकैदिन २९ हजार जना भन्दा...
Rajaso-bibhag-1786497988

करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक

काठमाण्डौ – आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाट काठमाण्डौले गएको साउन १ देखि १५...
Youth_Day_sf0sQBh8wd

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

 काठमाण्डौ – आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष दिवसको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०