"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज विश्व रक्तदाता दिवस मनाईंदै

Table of Content

आज विश्व रक्तदाता दिवस मनाईंदै

काठमाण्डौ – आज विश्व रक्तदाता दिवस, ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना बढाउने, साथै स्वैच्छिक तथा निःशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ । १३२ देशबाट सङ्कलित तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वव्यापी रक्त सङ्कलन झण्डै १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वैच्छिक तथा निःशुल्क रक्तदाताबाट प्राप्त भएको थियो । तर, सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान छैन ।

विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक कमजोरी र क्यान्सरजस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यक समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ ।

डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम ग्रेब्रेसियसले सुरक्षित रगतको अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्य व्यक्त गर्दै स्वैच्छिक रक्तदाताको सहभागिता उत्साहजनक भए पनि अझै पनि व्यक्तिको बसोबास र देशअनुसार रक्तसञ्चार सेवामा पहुँच फरक रहेको उल्लेख गर्नुभएको छ । उहाँले सरकारहरूलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण गर्न तथा स्वैच्छिक रक्तदानलाई प्रोत्साहन गर्न लगानी बढाउन आग्रह गर्नुभएको छ ।

 डब्ल्युएचओका अनुसार विश्व जनसङ्ख्याको झण्डै १५ प्रतिशत मात्र रहेका उच्च आय भएका देशहरूले विश्वको कुल रक्तदानको ३६ प्रतिशत हिस्सा सङ्कलन गर्छन् । यसको विपरीत, सीमित स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनका चुनौती र रक्तदाताको अभावका कारण कम आय भएका देशहरूमा रगतको आपूर्ति अझै अपुग रहेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले

कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधार शुरू : अर्थमन्त्री वाग्ले काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरू गरेको बताउनुभएको छ । काठमाण्डाैमा आज आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले दशकौँदेखि चर्चामा सीमित कर सुधारका एजेन्डालाई वर्तमान...

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प

काठमाण्डौ महानगरकाे नीति तथा कार्यक्रम : ‘मानवीयताको शहर’ बनाउने सङ्कल्प काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरलाई भौतिक संरचनाको चक्रव्युहबाट बाहिर निकालेर एक सहृदयी, समावेशी ‘मानवीयताको शहर’ का रूपमा विकास गर्ने दूरगामी सङ्कल्प अघि सारेको छ । नगरसभाको १९औँ अधिवेशनमा आज आउँदो आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डङ्गोलले यो सङ्कल्प...

सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि देखिएको विवाद समाधानका लागि भन्दै संस्थापनले पठाएको सातबुँदे प्रस्ताव पूर्वसभापति सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले अस्वीकार गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते पठाएको सातबुँदे प्रस्तावबारे इतर समूहका नेताहरूले प्रतिक्रिया नदिएपछि आइतबार सार्वजनिक गरिएको छ ।  आन्तरिक सहमतिका लागि भन्दै संस्थापनका तर्फबाट उपसभापति...

४ पटककाे विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यु गर्दै

४ पटककाे विजेता जर्मनीसँग खेलेर कुराकाओले विश्वकपमा डेब्यु गर्दै काठमाण्डाै – फिफा विश्वकप फुटबलमा आज राति जर्मनी र कुराकाओ खेल्दैछन् । समूह ‘ई’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ । विश्वकप फुटबलमा जर्मनी सबैभन्दा सफल टोलीमध्ये एक हो । जर्मनीले अहिलेसम्म सन् १९५४, १९७४, १९९० र २०१४ मा गरी...

लहानका मोबाइल र कैलालीको टेम्पो : शक्ति प्रदर्शन कि कानून कार्यान्वयन ?

लहानका मोबाइल र कैलालीको टेम्पो : शक्ति प्रदर्शन कि कानून कार्यान्वयन ? सिरहामा परीक्षाका बेला विद्यार्थीबाट जफत गरिएका ५ सयभन्दा बढी मोबाइल र स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटना सेलाउन नपाउँदै कैलालीको अर्को घटनाले यतिबेला सामाजिक सञ्जाल तातिएको छ । कैलाली गोदावरीको जङ्गल क्षेत्रमा नियम विपरीत खानेकुरा बेच्दै आएको भन्दै वन कार्यालयका कर्मचारीहरूले टेम्पोलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०