"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज विश्व रक्तदाता दिवस मनाईंदै

Table of Content

आज विश्व रक्तदाता दिवस मनाईंदै

काठमाण्डौ – आज विश्व रक्तदाता दिवस, ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना बढाउने, साथै स्वैच्छिक तथा निःशुल्क रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ । १३२ देशबाट सङ्कलित तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वव्यापी रक्त सङ्कलन झण्डै १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वैच्छिक तथा निःशुल्क रक्तदाताबाट प्राप्त भएको थियो । तर, सुरक्षित रगतको उपलब्धता सबै क्षेत्रमा समान छैन ।

विशेष गरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक कमजोरी र क्यान्सरजस्ता रोगबाट प्रभावित बिरामीहरूले आवश्यक समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ ।

डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम ग्रेब्रेसियसले सुरक्षित रगतको अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्य व्यक्त गर्दै स्वैच्छिक रक्तदाताको सहभागिता उत्साहजनक भए पनि अझै पनि व्यक्तिको बसोबास र देशअनुसार रक्तसञ्चार सेवामा पहुँच फरक रहेको उल्लेख गर्नुभएको छ । उहाँले सरकारहरूलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण गर्न तथा स्वैच्छिक रक्तदानलाई प्रोत्साहन गर्न लगानी बढाउन आग्रह गर्नुभएको छ ।

 डब्ल्युएचओका अनुसार विश्व जनसङ्ख्याको झण्डै १५ प्रतिशत मात्र रहेका उच्च आय भएका देशहरूले विश्वको कुल रक्तदानको ३६ प्रतिशत हिस्सा सङ्कलन गर्छन् । यसको विपरीत, सीमित स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनका चुनौती र रक्तदाताको अभावका कारण कम आय भएका देशहरूमा रगतको आपूर्ति अझै अपुग रहेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

capture1_8JPSMc1cA6

थाइल्यान्डको विद्यालयमा विद्यार्थीले गोली चलाउँदा शिक्षकको मृत्यु, ४ जना घाइते

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा...
swarnim-wagle-1230-1024x624-1

२५० को सामान खरिद गर्नेलाई १० लाखको बम्पर उपहार

२२ साउन, काठमाडौं ।रु. २५० को सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत...
department_of_drug_iPVE1mBv1D

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाण्डौ — नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२...
udhav-thapa_7F6rTkOozr

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । ...

ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग ६ वर्षको सम्झौता

ब्राजिलका विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग नयाँ ६ वर्षे सम्झौता गरेका छन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०