"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकप फुटबलमा टर्किएलाई २ गोलले हराउँदै अस्ट्रेलियाको विजयी शुरुआत

Table of Content

विश्वकप फुटबलमा टर्किएलाई २ गोलले हराउँदै अस्ट्रेलियाको विजयी शुरुआत

काठमाण्डौ – फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्किएलाई २ गोलले हराउँदै विजयी शुरुआत गरेको छ । क्यानडाको भ्यान्कुभरमा भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल गर्‍यो ।

अस्ट्रेलियाका नेस्टोरी इरान्कुन्डाले खेलको २७ औँ मिनेटमा गोल गरे । कोनर मेटकाल्फले ७५औँ मिनेटमा गोल थपे । जितसँगै समूह ‘डी’ को अस्ट्रेलियाले महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । त्यस्तै विश्वकप फुटबलमा स्कटल्यान्डले पनि विजयी शुरुआत गरेको छ । समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १ गोलले पराजित गरेको हो ।

बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको २८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्कटल्यान्डले विश्वकपमा २८ वर्षपछि खेलेको हो । जीतसँगै उसले तीन अङ्क जोडेको छ । आज बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । मोरक्कोसँगको खेलमा ब्राजिल स्टार खेलाडी नेयमारबिनै खेलेको थियो ।

मोरक्कोका  स्माइल साइबरीले २१ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ब्राजिलका भिनिसियस जुनियरले ३२ औँ मिनेटमा गोल गर्दै खेललाई एक÷एकको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । त्यस्तै स्विट्जरल्यान्ड र कतारले पनि बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।

तर खेलको इन्जुरी समयमा कतारका बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अङ्क दिलाएको छ । विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे जर्मनी र कुराकाओले खेल्दैछन् । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...
can_cricket_k8Vyh7isr8

यू–१९ एसिया कप र विश्वकपका लागि छानिएका नेपालको प्रारम्भिक टोलीमा को-को समेटिए ?

आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक...
cm-office-sudurpaschim-(2)_0L8mzQiGiG

सुदूरपश्चिममा १४३ बहुवर्षीय योजना : १४ अर्बको ठेक्का, कामको गति कस्तो ?

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सडक, पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै प्रदेशका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०