"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पूर्वप्रधानन्यायाधीश जबरालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएकाे हाे : सरकारका प्रवक्ता

Table of Content

काठमाण्डाै – सरकाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको नभई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको स्पष्टीकरण दिएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको दाबी गर्नुभयाे ।

सरकारका प्रवक्ता पोखरेलले भन्नुभयो, ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन भन्ने कुरा प्रष्ट भइसकेको छ । उहाँको थप सुरक्षाका लागि परिवारले प्रहरी कार्यालयमा निवेदन पनि पठाएकाे छ । उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यु गरेर लगिएको हो ।’

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगञ्जमा रहेकाे घरबाट शनिवार राति पक्राउ गरेको थियो । पछि आइतवार दिउँसो उहाँलाई छोडिएको थियो ।

विसं २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा विसं २०७८ फागुन १ गते संसद‍्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा पर्नुभएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राप्तीको चेपाङ बस्तीमा प्रशासनको टोली, ११२ जनाले पाए नागरिकता

राप्ती, चितवन । राप्ती नगरपालिकाको पहाडी तथा दुर्गम क्षेत्रमा लामो समयदेखि नागरिकताबाट वञ्चित स्थानीयलाई गाउँमै पुगेर नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले राप्ती नगरपालिका–१२ र १३ का विभिन्न बस्तीका ११२ जनालाई नागरिकता तथा ५९ जनालाई मतदाता परिचयपत्र वितरण गरेको हो।नागरिकता वितरणका क्रममा दुबै आँखाले देख्न नसक्ने अशक्त व्यक्तिलाई समेत टोलीले नागरिकता प्रदान...

बकुलहर अस्पतालमा सुविधा थपिन्छ : मन्त्री तामाङ

रत्ननगर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनले छिट्टै पूर्णता पाउने बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले १० प्रतिशत लगानी गरेर सम्पन्न गरिने बताए । वार्षिक तीन लाख बढी सेवाग्राहीलाई यस अस्पतालले सेवा दिंदै आएको छ । आकस्मिक कक्षमा...

सङ्घीय निजामती विधेयक संसद‍्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद‍्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामतीसहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेकाे विधेयक पेश गर्न स्वीकृति दिएकाे सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । बैठकले स्वास्थ्य क्षेत्र सुधारका...

कांग्रेस १५औँ महाधिवेशन दुई दिन सर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पर सारेको छ । यसअघि असोज १६ गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदाे आइतवार असोज १८ गते दिउँसो २ बजे काठमाण्डौको खुलामञ्चमा उद्घाटन हुने भएको छ । महाधिवेशन १८ गतेसम्म चल्नेछ । देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको...

एशियाली खेलकुद क्रिकेट : १ बल पनि नखेली सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको ४ वटै क्वाटरफाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश आईसीसीको शीर्ष वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०