"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आइपीएलको उपाधिका लागि बेङ्गलुरु र गुजरात भिड्दै

Table of Content

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल २०२६) को फाइनलमा आज साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्सबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उपाधिका लागि कडा प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुने फाइनलमा दुवै टोली दोस्रो पटक आईपीएलको ट्रफी उचाल्ने दाउमा मैदान उत्रनेछन्।

रजत पाटीदारको कप्तानीमा रहेको बेङ्गलुरुले गत संस्करणामा आफ्नो पहिलो ऐतिहासिक उपाधि जितेको थियो भने शुभमन गिलको नेतृत्वमा रहेको गुजरात सन् २०२२ को आफ्नो डेब्यु सिजनमै च्याम्पियन बनेको थियो ।

विगतका आठ सिजनमा क्वालिफायर–१ जित्ने टोलीले नै फाइनलको ट्रफी उचालेकाले यस पटक बेङ्गलुरुको मनोबल उच्च छ, जसले क्वालिफायर–१ मा गुजरातलाई ९२ रनको विशाल अन्तरले पराजित गरेको थियो । दुई टोलीबीच अहिलेसम्म भएका ९ भेटमा बेङ्गलुरु ५ खेल जित्दै अग्रतामा छ भने गुजरातले ४ खेलमा जित हात पारेको छ ।

फाइनल खेलमा दुवैतर्फका मुख्य खेलाडीहरूको प्रदर्शन निर्णायक बन्ने सम्भावना छ । गुजरातका लागि यस सिजन १५ खेलमा ७२२ रन बनाइसकेका कप्तान शुभमन गिल र ७१० रन जोडेका साई सुदर्शन उत्कृष्ट फर्ममा छन् भने बलिङतर्फ २८ विकेटका साथ पर्पल क्यापको दौडमा शीर्ष स्थानमा रहेका कागिसो रबाडा मुख्य हतियार हुन् । अर्कोतर्फ, बेङ्गलुरुका लागि यो सिजन ६०० रन पूरा गरिसकेका रन-मसिन विराट कोहली, क्वालिफायर–१ मा ९३ रनको आक्रामक इनिङ खेलेका रजत पाटीदार र २६ विकेट लिइसकेका अनुभवी बलर भुवनेश्वर कुमार मुख्य आकर्षणका रूपमा रहेका छन् ।

गुजरातका लागि तीव्र गतिका बलर मोहम्मद सिराजको चोट फाइनलअघि मुख्य चिन्ताको विषय बनेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा यस सिजन केवल तीन पटक मात्रै २०० भन्दा बढीको स्कोर बनेकाले आजको पिचमा बलर र ब्याटरबीच कडा टक्कर हुने अनुमान गरिएको छ । आईपीएल फाइनलको १८ वर्षे इतिहासमा अहिलेसम्म २०० भन्दा बढीको स्कोर भने चेज हुन सकेको छैन ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०