"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगरमा शैक्षिक बहस : आइतबार स्कुल चलाउने कि बिहान चाँडै खोल्ने ?

Table of Content

रत्ननगर । रत्ननगर नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । शनिबार र आइतबार बिदा गर्दा कोर्स नभ्याइने अवस्थालाई मध्यनजर गरी रत्ननगर नगरपालिकाले समय अवधि बढाउन लागेको हो ।

रत्ननगरका संस्थागत विद्यालयले गत आइतबार पठनपाठन सुरू गरेपछि सङ्कटमा परेका सामुदायिक विद्यालयलाई जोगाउन शिक्षण कार्य समय बढाउन बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय खोल्ने निर्णयमा पुगिएको मेयर प्रलाद सापकोटाले बताए । ‘दैनिक एक घन्टा बढाउँदा एकदिनको समय हुन्छ’, उनले भने, ‘यसो गर्दा कोर्स पूरा गर्न सकिन्छ ।’

मेयर सापकोटाले बिहान ९ बजेदेखि विद्यालय सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गरिने बताए । आइतबार विद्यालय खोल्ने पक्षमा स्थानीय सरकार रहे पनि केन्द्र सरकारको निर्णय र प्रधानाध्यापकहरुको मनोकाङ्क्षा बुझेर बिहान ९ बजेबाट विद्यालय खुल्ला गर्ने तयारी गरिएको उनको भनाइ छ ।

सामुदायिक विद्यालयले आइतबार पढाउन सुरू गरेपछि उत्पन्न परिस्थितिको समाधान खोज्न बुधबार आयोजित कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले सामुदायिक विद्यालयका प्रधानाध्यापक नै आइतबार पढाउन इच्छुक नभएपछि अब बिहान ९ बजेबाट विद्यालय सञ्चालन गर्ने तयारी गरिएको बताए । ‘सरकारी निर्णय मान्दैनौँ भन्ने अवस्था पनि छैन’, उनले भने, ‘विकल्प भनेको एक घन्टा पहिला विद्यालय खोल्ने हो ।’

प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले आइतबार विद्यालय खोल्ने विषयमा आफू सकारात्मक नै रहेको बताए । ‘सरकारी निर्णय मान्दैनौँ भन्न सकिँदैन’, उनले भने, ‘शिक्षकहरु तयार भए स्थानीय सरकारले विद्यालय खोल्न सक्छ ।’

तर, प्याब्सन रत्ननगरले भने सरकारले निर्णय सच्याएर आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने अडान लिएको छ । देशका अन्य पालिकाहरुमा आइतबार पढाइ सुरू भइसकेको भन्दै प्याब्सन रत्ननगरका अध्यक्ष भुवन थापाले रत्ननगरमा पनि आइतबार पढाइ सुरू गर्नुपर्ने बताए । ‘स्थानीय सरकारले आइतबार पढाउने निर्णय गर्नुपर्छ’, उनले भने, ‘शिक्षालाई ख्याल–ख्याल सोच्न हुँदैन ।’

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु भने आइतबार विद्यालय खोल्न नहुने पक्षमा उभिएका छन् । मावि चित्रसारीका प्रधानाध्यापक विष्णु कट्टेलले केन्द्र सरकारको निर्णय शिरोपर गर्नुपर्ने बताए । ‘सरकारको निर्णय लत्याउन हुँदैन’, उनले भने, ‘आइतबार विद्यालय खोल्न हुँदैन ।’

बैरिया माविका प्रधानाध्यापक युवराज शर्मा पौडेल, माधवपुर माविका प्रधानाध्यापक रमेश भट्ट, आधारभूत विद्यालय बेल्सीका प्रधानाध्यापक रामचन्द्र महतो, पञ्चदीप आधारभूत विद्यालयका प्रधानाध्यापक तिलक कुँवर, आधारभूत विद्यालय नमुना टोलका प्रधानाध्यापक बसन्त पौडेलले केन्द्र सरकारबाट अप्ठ्यारो नपर्ने गरी स्थानीय सरकारले विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए ।

सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु आइतबार विद्यालय सञ्चालन गर्ने विषयमा सकारात्मक नहुनु दुःखद रहेको बताए । संस्थागत विद्यालयले स्थानीय सरकारसँग समन्वय गरेरमात्रै आइतबार विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०