"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुधन गुरुङको सम्पत्ति विवरण माग्दै छानबिन समितिद्वारा बैंक, मालपोत र धितोपत्र बोर्डमा पत्राचार

Table of Content

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले विभिन्न कार्यालयलाई पत्राचार गर्दै विवरण माग गरेको छ। सोमबार बसेको समितिको पहिलो बैठकले सुरुमा विवरण संकलन गर्ने र त्यसपछि गुरुङसँग सोधपुछ गरी प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ। 

‘हिजो र आज (मंगलबार र बुधबार) विभिन्न कार्यालयलाईं पत्राचार गरिएको छ। अब विवरण संकलन भएपछि माननीयज्यूलाई बोलाएर सोधपुछ गर्छौँ। अनि जे देखिन्छ, त्यही लेखेर बुझाउँछौँ,’ समितिका एक सदस्यले भने, ‘विवादित विषयहरू जे–जे छन्, ती सबै निकायबाट विवरण संकलन गरेर छानविन गर्छौँ।’


सेयरको बारेमा धितोपत्र बोर्ड, मालपोत कार्यालय र बैंकहरूमा समितिले पत्राचार गर्दै विवरण माग गरेको हो। आवश्यक परे थप कार्यालयमा समेत पत्र पठाउनु पर्ने हुनसक्ने ती सदस्यले बताए। 

मन्त्री भएर सम्पत्ति विवरण सार्वजनिक गरेसँगै गुरुङ विवादमा तानिएका हुन्। सुरुमा उनीसँग हदबन्दी भन्दा बढी जग्गा रहेको खुलेको थियो। यस्तै पछिल्लो समय अस्वाभाविक सम्पत्ति जोडेको विवरण पनि सार्वजनिक भएका छन्। 

विवादित व्यवसायी दीपक भट्ट संलग्न कम्पनीमा संस्थापक सेयर रहेको पाइएपछि उनले राजीनामा दिएका थिए। भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

प्रहरीको अनुसन्धानमा रहेका व्यक्तिसँग गृहमन्त्रीको कनेक्सन देखिएपछि सार्वजनिक रुपमा प्रश्न उठेको थियो। त्यसअघि पनि उनी सम्पत्ति विवरणकै कारण प्रश्नको घेरामा परेका थिए। 

राजीनामा दिएको लामो समयपछि मात्रै सरकारले उनीविरुद्ध छानबिन समिति गठन गरेको थियो। 

चैत १३ गते मन्त्री बनेका गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए। वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको छ।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य छन्। 

सुरुमा गुरुङ जोडिएका विषयमा सम्बन्धित कार्यालयबाट पत्राचार गरेर कागजात झिकाइएको हो। 

‘सेयरको विषयमा, जग्गाको विषयमा, बैंकिङ कारोबारका विषयमा हामीले विवरण माग गरिसकेका छौँ। अब आएपछि थप अध्ययन र बयान लिने काम हुन्छ,’ ती समिति सदस्यले भने। 

गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका प्रश्नका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र सरकार समक्ष राय सुझावसहित प्रतिवेदन बुझाउन समितिलाई भनिएको छ। 

राजीनामा दिँदै उनले सामाजिक सञ्जालमा पनि आफ्नो सेयर लगानी लगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रुपमा लिएको बताएका थिए। आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखिओस् भन्ने उदेश्यले आफूले राजीनामा दिएको प्रतिक्रिया दिएका थिए।

समिति बनिसकेपछि पनि उनले निष्पक्ष छानबिन हुने र दोषी पाइए आफूलाई सरकारले नजोगाउने प्रतिक्रिया दिएका थिए। यता प्रधानमन्त्री बालेन्द्र शाहले भने सुधनले राजीनामा दिएपछि रिक्त भएको गृह मन्त्रालय आफैँले होल्ड गरेका छन्। 

छानबिनपछि मात्रै मन्त्रीको टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ। छानबिनबाट निर्दोष सावित भए सुधनलाई नै ल्याउने बालेनको तयारी छ। 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्‍यो

काठमाण्डौ – इरानले हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेको छ ।  अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले सामाजिक सञ्जालमार्फत ‘इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने भन्दै अमेरिकाले थप कारबाही गर्ने चेतावनी दिनुभएको छ । इरानले अर्को सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा...

साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा : इंग्ल्यान्डसँग खेल्ने

काठमाण्डौ – साबिक विजेता अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना अन्तिम–४ मा पुगेको हो ।  निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्‍यो । उसका जुलियन अल्भारेजले खेलको ११२औँ र लाउटारो मार्टिनेजले...

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

म्यान्मा । देशको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक बर्षापछि बाढी आएको बताउँदै म्यान्माका उद्धारकर्मीहरूले शनिबार नदी र होचा समथर भूभागमा पानीको सतह बढ्दै गएको चेतावनी दिएका छन् । जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी वृद्ध, बिरामी, गर्भवती र...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।  यस्तै युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको पनि ज्यान गयो

काठमाण्डौ – आज बिहान काठमाण्डौको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको ज्यान गएको प्रहरीले जनाएको छ ।  आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । आईसीयूमा राखेर उपचार गरिएकोमा आजै बेलुका निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  राउतको शरीर ५० प्रतिशतभन्दा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०