"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर

Table of Content

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर

भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू रङ्गशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी पनि सहभागी हुनुभयो । आजै टीभीकेका वरिष्ठ नेतासहित ९ जना मन्त्रीले पनि शपथ लिएका छन् ।

तमिल चलचित्र क्षेत्रका सुपरस्टार थलापति विजयका नामले चिनिने ५१ वर्षीय विजयले शपथ लिएसँगै तमिलनाडुमा झन्डै ६ दशकदेखि पालैपालो सत्ता चलाउँदै आएका द्रविड मुनेत्र कडगम (डीएमके) र अन्ना द्रविड मुनेत्र कडगम (एआईएडीएमके) को राजनीतिक वर्चस्व समाप्त भएको छ । ‘मास्टर’, ‘बीस्ट’ र ‘लियो’ जस्ता चलचित्रहरूबाट करोडौँ दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो । 

मुख्यमन्त्री बनेलगत्तै जोसेफ विजयले मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर गर्नुभएको छ । उहाँले प्रत्येक घरपरिवारलाई २०० युनिट निःशुल्क बिजुली उपलब्ध गराउने, लागूऔषध समस्यासँग जुध्न प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने र महिला सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा टीभीकेले १०८ सिट जितेकाे थियाे । टीभीकेले १२० निर्वाचित सांसदको समर्थन पाएपछि राज्यपालले हिजो सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । अब टीभीकेले कांग्रेससहितका सहयोगी दलहरूको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्नेछ ।
 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०