"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इँटा भट्टामा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु

Table of Content

कञ्चनपुरको पुनर्वास नगरपालिकामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।

पुनर्वास नगरपालिका–७ मा न्यू इँटा उद्योगमा गएराति दुर्घटना भएको हो। काँचो इँटामा पानी हाल्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उद्योगमा कार्यरत कामदारहरू चपेटामा परेका थिए।

दुर्घटनामा परी भारतको उत्तर प्रदेश बहराइच जिल्लाका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले पुष्टि गरेको छ। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि धनगढी लगिएको थियो।

उपचारकै क्रममा अजयको सेती प्रादेशिक अस्पतालमा र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर शाहीले जानकारी दिए।

सोही घटनामा ११ वर्षीया घुर्रा कुमार गम्भीर रूपमा घाइते भएका छन् । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना लगत्तै ट्याक्टर चालक फरार भएकाले प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ। हालसम्म चालकको पहिचान खुल्न सकेको छैन भने घटनाको सम्बन्धमा थप विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

4-1786083880

ट्याङ्करबाट तेल चोर्दा चोर्दै पर्सामा पम्प सञ्चालक र कर्मचारीसहित ७ जना पक्राउ

काठमाण्डाै – पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी...
1-1786088470

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आराेही पुरबहादुर गुरुङको स्वयम्भूमा अन्त्येष्टि

काठमाण्डाै – पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा ज्यान गुमाएका गोरखाको लाप्राकका पर्वतारोही पुरबहादुर गुरुङ...
Gold-pri-1783488612 (2)

तीन दिनमा सुनको भाउ तोलामा १३ हजार १०० रुपैयाँले बढ्यो

काठमाण्डौ — अस्ति बुधवारदेखि आज शुक्रवार हप्ताको अन्तिम कारोबार दिनसम्म सुनको भाउ लागातार बढेको छ...
metro-rail-1786078521

काठमाण्डौ उपत्यकामा मेट्रो रेल र सुरुङमार्ग बनाउने गुरुयोजना तयार

काठमाण्डौ — काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम र अव्यवस्थित यातायात व्यवस्थापनलाई सुधार गर्न सरकारले २५...
pakrau_ff97763a

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर, साउन २२ – कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०