"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

Table of Content

चितवन, असोज २४-

वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ ।

वृषः

दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष रहला । स्वास्थ्यमा समस्या देखिनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । अनावश्यक भ्रमण भइ दैनिक कामकाजमा पनि व्यवधान उत्पन्न हुन सक्नेछ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ ।

मिथुनः

परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । पानी तथा जलिय पदार्थहरुबाट टाढा रहनु नै बेस हुनेछ । निडर र आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गर्नु राम्रो पक्ष हुन आउनेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ने समय छ ।

कर्कटः

जोशजाँगर र हिम्मत बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्र आजको दिन राम्रो रहेको छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । सबैतिरबाट सक्दो सहयोग प्राप्त हुनेछ ।

सिंहः

खानपानमा विशेष सतर्कता अपनाउनु होला । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । परिस्थितिले गर्दा चिताएका कार्य पूर्ण हुनमा बाधा हुनेछ । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा तथा उधारो व्यापारमा चनाखो रहनुपर्नेछ ।

कन्याः

भाग्योदयको योग छ । प्रेममा सफल हुने दिन छ । व्यापार व्यवसायवाट प्रसस्त आम्दानी हुने दिन छ । प्रायः सबै काम आफ्नै नेतृत्वमा सम्पन्न हुनेछन् । खानपिनको मामलामा मन ज्यादा मोहित हुने सयम छ ।

तुलाः

व्यवसायमा घाटा हुने समय छ । धन तथा सामान हराउन सक्नेछ, सजगता अपनाउनु होला । विभिन्न सकारात्मक कार्यहरुको लागि धन तथा वैदिक श्रम खर्च हुनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नु राम्रो पक्ष हुन आउने छ ।

बृश्चिकः

नयाँ काम शुभारम्भको चर्चा चल्नेछ । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछ । रमाइलो भेटघाटको समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । मान–सम्मान प्राप्त हुनेछ ।

धनुः

कुटनीतिक नियोगको सहयोग मिल्नेछ । विना प्रतिस्पर्धा फाईदा हुनेछ । अरुको मन सजिलै जित्ने सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । पारिवारिक समस्याहरूको समाधान हुनेछ ।

मकरः

कामकारोवारमा बाधा आउनसक्नेछ । मनमा निराशा र शरीरमा आलस्य आउने समय छ । वैदेशिक क्षेत्रको काम पनि अधुरै रहला । कुनै पनि कदम चाल्नु भन्दा पहिला राम्रो विचार, विमर्ष गरेर मात्र कदम चालेको उचित हुनेछ ।

कुम्भः

आँटेको कार्यमा बाधा आउनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यापारिक कार्यमा नोक्शानीको समय छ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी केहि सहज हुनेछ । अवसरवादीहरूबाट सावधान रहनुहोला ।

मीनः

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । स्त्रीको सहयोगबाट महत्वपूर्ण कार्य सम्पन्न हुने दिन छ । छोटो दूरीको यात्राको सम्भावना छ । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापार ब्यावसायबाट सन्तोषजनक मुनाफा प्राप्त हुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आज मिति २०८३ साल असोज २४ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असोज २४- वि.सं.२०८३ साल असोज २४ गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः मेषः आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रीमती÷प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । दाजुभाई तथा कुल–कुटुम्बबाट अपेक्षाकृत साथसहयोग प्राप्त हुनेछ । वृषः दाम्पत्य तथा प्रेम सम्बन्धमा असन्तोष...

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, असोज २४- आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको...

त्रिभुवन राजपथमा गाडी चलाउन आलोपालोसहित समय तालिका

काठमाण्डौ – मुग्लिन– काठमाण्डौ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाडीको आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाण्डौ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने गाडीको चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हेटौँडाबाट काठमाण्डौतर्फ छुट्ने...

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०