"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘७ तले घर निर्माण रोक्न खोज्दा सुटर लगाएर धम्क्याइएको थियो’

Table of Content

सरकारले  सुकुमबासी बस्तीका संरचना हटाउने र मापदण्ड विपरीतका भवनहरूमा डोजर चलाउने अभियानलाई तीव्रता दिएको छ । यसै सन्दर्भमा काठमाडौँ १० को अनामनगरस्थित चर्चित सात तले भवनमा लगाइएको डोजर र काठमाडौँका सुकुमबासी बस्ती व्यवस्थापनका विषयमा काठमाडौँ महानगरपालिका वडा नं. १० का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार केसीसँग अमृत चिमरियाले गरेको कुराकानीमा आधारित अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ-

  • तपाईँको वडाको अनामनगरस्थित धोबीखोला किनारमा रहेको चर्चित सात तले भवनमा किन डोजर चलाउनुपरेको हो ? यसको मुख्य कारण के हो ?

वास्तवमा त्यो भवनको जग्गाको लालपुर्जा र नक्सा पास नभएको होइन, तर मुख्य समस्या मापदण्डको हो । भवन धनीले ५ तलाको मात्र नक्सा पास गराउनुभएको थियो, तर निर्माण गर्दा ७ तला बनाइयो । नक्सा पासभन्दा बाहिर गएर थप संरचना बनाइएको र तोकिएको मापदण्ड पूर्णतः उल्लङ्घन गरिएको पाइएपछि हामीले डोजर चलाउनुपरेको हो । निर्माण सम्पन्नको प्रमाणपत्र लिएपछि फेरि मापदण्ड विपरीत संरचना थपिएको देखिन्छ । विशेष गरी भवनको उत्तर–पश्चिम तर्फको हिस्सा र भर्‍याङभन्दा बाहिरको भाग नक्सा विपरीत मिचेर बनाइएको थियो । जसलाई  सङ्घीय सरकार र महानगरले अहिले हटाएका हौँ  ।

  • यो भवन पहिले नै किन रोक्न सकिएन ? तपाईँले यसअघि पनि रोक्न खोज्नुभएको थियो भन्ने सुनिन्छ, वास्तविकता के हो ?

हो, यो मेरो पहिलो कार्यकालकै कुरा हो । २०७४ मा निर्वाचन पछि वडाध्यक्ष भएर आएको हो म । यो दोस्रो कार्यकाल हो ।  २०७६ तिरै त्यतिबेला मैले यो भवनको ढलान रोक्न धेरै प्रयास गरेको थिएँ । तर भवन धनीले निकै चलाखी गरे । हामीले दिउँसो काम रोक्न खोज्दा उनीहरूले राति ९ बजेदेखि ढलान सुरु गरेर बिहान ४ बजे नै सिध्याइदिए । त्यतिबेला पूरै टोल थर्किने गरी मेसिन चलाएर रातारात संरचना ठड्याइयो । हामीले त्यतिबेला नापजाँच गरेर चिन्ह पनि लगाएका थियौँ, तर विभिन्न दबाब र असहयोगका कारण काम अघि बढ्न सकेको थिएन ।

  • त्यतिबेला काम रोक्न खोज्दा  के दबाब आयो र ?

त्यतिबेलाको चुनौती निकै ठुलो थियो । हामीले प्रहरी र प्रशासनको सहयोग माग्दा कतैबाट पनि सहयोग पाएनौँ । तत्कालीन महानगर प्रहरी प्रमुख र जनप्रतिनिधिहरूबाट पनि आवश्यक साथ मिलेन । भवन धनीले माओवादीका मान्छेहरू र हतियारधारी ‘सुटर’हरू समेत ल्याएर हामीलाई धम्क्याएका थिए । रातको समयमा काम गर्ने र सुरक्षा निकायले पनि आँखा चिम्लिदिने भएपछि हामी एक्लैले केही गर्न सकेनौँ । अहिलेको जस्तो नगर प्रहरी सक्रिय र स्वतन्त्र थिएन ।

  • अहिले चाहिँ कसरी यो सम्भव भयो ?

विगतमा सेटिङको जालो निकै बलियो थियो, जसले गर्दा अनधिकृत कामहरू रोक्न गाह्रो हुन्थ्यो । तर अहिले परिस्थिति बदलिएको छ । विशेष गरी तत्कालीन महानगर प्रहरी प्रमुख राजु पाण्डे  र तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालेन शाह महानगरमा हुँदा देखाएको दृढ इच्छाशक्तिका कारण काम गर्न सजिलो भएको थियो । । अहिले बालेन प्रधानमन्त्री हुँदा  सङ्घीय सरकार र महानगरबीच पनि समन्वय छ । पहिले हामीलाई साथ नदिने निकायहरू अहिले आफैँ अघि सरेर काम गरिरहेका छन् । अहिले महानगरले पारित गरेको नीति अनुसार काम पूरा गर्छ भन्ने विश्वास पनि भएको छ ।

डोजरले ठुँगेर छोडेको अनामनगरको चर्चित ७ तले घर कसरी ठडियो ?

  • सुकुमबासी बस्ती व्यवस्थापन र अनधिकृत संरचना हटाउने क्रममा महानगर र सङ्घीय सरकारको समन्वय कसरी भइरहेको छ ?

अहिले सङ्घीय सरकार र महानगरपालिका मिलेरै अगाडि बढिरहेका छौँ । कतिपय ठाउँमा सङ्घीय सरकारले निर्देशन दिने र हामीले त्यसलाई कार्यान्वयन गर्न नगर प्रहरी र प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको छ । यो अभियानअन्तर्गत खोला किनारका अनधिकृत संरचनाहरू हटाउने काम भइरहेको छ । जस्तै, युएन पार्क क्षेत्र र बुद्धनगर क्षेत्रमा पनि केही संरचनाहरू हटाइएको छ । जहाँ–जहाँ मापदण्ड मिचिएको छ, त्यहाँ महानगरले आफ्नो उपस्थिति देखाएको छ ।

Ram-kumar-kc (1)
  • तपाईँ महानगरको सामाजिक विकास समितिको संयोजक पनि हुनहुन्छ । सुकुमबासी बस्तीबाट हटाइएकाहरूका लागि समितिमार्फत के–कस्ता काम गरिरहेको छ ?

म सामाजिक विकास समितिको संयोजक पनि भएकाले हामीले मानवीय पक्षलाई विशेष ध्यान दिएका छौँ । होल्डिङ सेन्टरमा राखिएका मानिसहरूका लागि खानाको व्यवस्था महानगरले नै गरिरहेको छ । त्यहाँ रहेका गर्भवती महिलाहरूलाई पौष्टिक आहार, साना बच्चाहरूका लागि खेलौना र अन्य आवश्यक सामग्रीहरू हामीले सामाजिक विकास बजेटबाट उपलब्ध गराइरहेका छौँ । हामीले कानुन कार्यान्वयन गर्दा मानवीय संवेदनशीलतालाई बिर्सेका छैनौँ ।

  • बुद्धनगर र युएन पार्क क्षेत्रमा कतिपय ठाउँमा आधा मात्र संरचना भत्काइएको देखिन्छ, यसको कारण के हो? कतै विभेद त भइरहेको छैन ?

त्यहाँ कस्तो भएको हो भने, कतिपय संरचनाहरू सङ्घीय सरकारको मातहतमा छन् । महानगरले रिपोर्टिङ गर्ने र नगर प्रहरी पठाउने काम मात्र गर्छ । सङ्घीय सरकारले भत्काउन भनेको ठाउँमा हामी जान्छौँ । केही ठाउँमा नापजाँचको क्रममा रहेको वा मुआब्जाको विवाद हुन सक्छ । तर हाम्रो नीति प्रस्ट छ— मापदण्ड मिच्ने जोसुकै होस्, उसलाई छोडिने छैन । प्रधानमन्त्री बालेन तत्कालीन मेयर हुँदा १० नम्बर वडाबाट सुरु भएको डोजर अभियान अहिले काठमाडौँभरि फैलिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०