"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्टार्टअप कर्जाका लागि एक हजार ३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक

Table of Content

स्टार्टअप कर्जाका लागि एक हजार ३०१ परियोजनाको प्रारम्भिक सूची सार्वजनिक

काठमाण्डौ – स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ का लागि प्रारम्भिक चरणमा परियोजना छनोट गरेको हो ।

प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकले थप मूल्याङ्कनका लागि व्यावसायिक विवरण आउँदो बुधबार पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ । तोकिएको समय सीमाभित्र नपठाए प्रस्ताव स्वतः अमान्य हुनेछ । छनोट भएका कुल परियोजनामध्ये ६५ प्रतिशतभन्दा धेरै कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित रहेको प्रतिष्ठानले जनाएको छ । प्रारम्भिक सूचीमा परेका प्रस्तावकको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कनपछि मात्रै अन्तिम रूपमा कर्जा दिने प्रक्रिया शुरु हुने प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताउनुभयो । 

चालु आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रदान गर्नका लागि एक अर्ब २६ करोड बजेट छ । प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले मापदण्ड पूरा गरेका ९५० देखि एक हजार परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो । तीन प्रतिशत ब्याजमा पाँच लाख देखि २० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । आर्थिक वर्ष २०८०/८१ बाट कर्जा वितरण गर्न थालिएको थियो । 

सरकारले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकालाई पत्र पठाएको थियो । भौतिक अवस्था जाँचपछि प्रतिष्ठानले प्रारम्भिक सूची सार्वजनिक गरेको हो । 

लु आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रदान गर्नका लागि एक अर्ब २६ करोड बजेट छ । प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ताले मापदण्ड पूरा गरेका ९५० देखि एक हजार परियोजनालाई स्टार्टअप उद्यम कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो । तीन प्रतिशत ब्याजमा पाँच लाख देखि २० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । आर्थिक वर्ष २०८०/८१ बाट कर्जा वितरण गर्न थालिएको थियो । 

सरकारले यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत परियोजना प्रस्तावको स्थलगत निरीक्षण गरिदिन भन्दै पालिकालाई पत्र पठाएको थियो । भौतिक अवस्था जाँचपछि प्रतिष्ठानले प्रारम्भिक सूची सार्वजनिक गरेको हो । 

https://drive.google.com/file/d/17x_JX2y61wA6WDknRvuZnSY3P-ndkz6h/preview

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

एनपीएलको भव्य तयारी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिएसँगै त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान भव्य रुपमा सिंगारिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पर्सि कात्तिक ९ गतेदेखि शुरु हुने प्रतियोगिता यस पटक थप भव्य र व्यवस्थित हुने अपेक्षा गरिएको छ । त्यसैअनुसार क्यानले तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।  एनपीएलको तेस्रो संस्करणका लागि मुख्य पिचको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

चितवन, कात्तिक ७ – कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्(आइसिसी)र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार...

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०