"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वर्षापछि वायुको गुणस्तरमा सुधार

Table of Content

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै  क्रमशः घट्न थालेको हो ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ पुगेको थियो । उक्त स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । आज भने प्रदूषण घटेर एक्युआइ ७९ पुगेको छ । जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ ।

गत साता काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएकामा आज भने २६औँ स्थानमा सूचीकृत भएको एक्युआइको तथ्याङ्कमा उल्लेख छ ।

एक्युआइको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दामाथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायुप्रदूषण नियन्त्रण भएको बताए ।

“लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ”, उनले भने, “साथै छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।”

प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०