"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वर्षापछि वायुको गुणस्तरमा सुधार

Table of Content

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै  क्रमशः घट्न थालेको हो ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क बढेर २४७ पुगेको थियो । उक्त स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । आज भने प्रदूषण घटेर एक्युआइ ७९ पुगेको छ । जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ ।

गत साता काठमाडौँ विश्वको पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएकामा आज भने २६औँ स्थानमा सूचीकृत भएको एक्युआइको तथ्याङ्कमा उल्लेख छ ।

एक्युआइको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दामाथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पछिल्लो समय पर्याप्त वर्षासहित हुरी चलेकाले वायुप्रदूषण नियन्त्रण भएको बताए ।

“लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ”, उनले भने, “साथै छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।”

प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायले दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो काठमाण्डौ — म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेकाे तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध...

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी काठमाण्डौ — लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । योसँगै सरकारी निकायले यसको अनुगमन शुरु गरेको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो...

यसवर्ष मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी

यसवर्ष मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी काठमाण्डौ — गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेश प्रदेशमा यसवर्ष गहुँ उत्पादनमा कमी आएको छ । प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यसवर्ष मधेश प्रदेशमा ३ लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो...

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताउनुभएको छ । चितवनको भरतपुरमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताउनुभयो । उहाँले आफूहरूले अरूलाई...

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छ : उपसभापति वाग्ले

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छ : उपसभापति वाग्ले काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आजदेखि शुरू भएकाे पार्टीकाे पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०