"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

Table of Content

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाण्डाै – सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संवैधानिक इजलासले अस्ति मङ्गलवार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीको अनुसन्धानलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकारका नाममा परमादेश जारी गरेको हो ।

‘न्यायको पहुँचको अवरोध हटाउनका लागि दुई आयोगमा दर्ता भएका उजुरीमाथि प्रभावकारी रूपमा अनुसन्धान अगाडि बढाई छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरिएको छ’, सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आज जानकारी दिँदै भन्नुभयो, ‘यस विषयमा विगतमा भएका आदेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयन गरी छिटो निकास दिन सरकारका नाममा परमादेश जारी गरेको छ ।’

संवैधानिक इजलासले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन) २०८१ अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको फैसला, कानूनअनुसार नै संशोधन गरिएको हुनाले संवैधानिक भएको ठहर गरेको छ ।

विस्थापित संविधानसभाका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ र अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा यस ऐनको तेस्रो संशोधन असंवैधानिक भएको र दुवै आयोगका उजुरीलाई छिटो अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन माग गरिएको थियो ।

ऐनको तेस्रो संशोधनमा मानव अधिकारको गम्भीर उल्लङ्घन भन्ने शब्दको सट्टामा विभिन्न ठाउँमा मानव अधिकारको उल्लङ्घन वा मानव अधिकारको गम्भीर उल्लङ्घन भनेर राखिएको छ । रिट निवेदनमा मानव अधिकारको गम्भीर उल्लङ्घन भन्ने शब्द मात्रै राखिनुपर्ने माग गरिएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

क्यानले भन्याे – एनपीएल फाइनलकाे टिकट केही मिनेटमै ‘साेल्ड आउट’

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) काे फाइनल खेलकाे टिकट केही मिनेटमै साेल्ड आउट भएकाे जनाएकाे छ । क्यानका सचिव पारस खड्काले निकाल्नुभएकाे विज्ञप्तिअनुसार फाइनल खेलकाे टिकट बिक्री खुला गरिएकाे समयमा झन्डै २ लाख ई–सेवा प्रयाेगकर्ताले एकैसाथ टिकट खरिद गर्न खाेजेका थिए । तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित...

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गमा भोलिदेखि दैनिक ५ घण्टा गाडी आवागमन बन्द

काठमाण्डाै – पृथ्वी राजमार्गको विभिन्न सडक खण्डमा मर्मत तथा निर्माण गर्न भोलि शनिवारदेखि दैनिक ५ घण्टा गाडीको आवागमन बन्द गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घोप्टेभीरलगायत क्षेत्रमा सडक निर्माण गर्न बिहान ११ देखि दिउँसो ४ बजेसम्म अर्को सूचना नआएसम्मका लागि गाडीको आवागमन बन्द गरिने भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय...

पालिका चुनाव वैशाखमा, प्रदेशको मङ्सिरमा गर्ने आयोगको प्रस्ताव

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावको तयारीसँगै आवश्यक छलफललाई अगाडि बढाएको छ । आयोगले आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रारम्भिक छलफल गरेको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आयोगले पालिका तहको चुनाव आउँदो वैशाखमा र प्रदेशको मङ्सिरमा गर्ने तालिका प्रस्ताव गरेको छ । आयोगको प्रस्तावित तालिकाबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

राप्तीमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियान शुभारम्भ

राप्ती, चितवन । नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत राप्ती नगरपालिकामा अभियान शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम रामकुमार पण्डितको अध्यक्षतामा तथा घनश्याम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अशोक थापा, कञ्चन खनाल र संगीता भट्टराई सहभागी रहेका थिए। त्यस्तै अतिथिका रूपमा शमशेर लामा, बाबुराम पाठक, ईश्वर सापकोटा, भावना सुवेदी, डा....

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुग्याे

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा नेपालकाे विदेशी मुद्रा सञ्चिति ६.८ प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४१ खर्ब ६१ अर्ब १४ कराेड रुपैयाँ पुगेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०