"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

गोरखा भूकम्पको ११ वर्ष, अझै पाउन सकेनन् दलितले व्यवस्थित घर

Table of Content

    काठमाडौँ, वैशाख १२ – खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू। जस्ताको पाताले बारेर दुई भाग लगाइएको सानो टहरोमा न झ्याल छ, न त राम्रो ढोका—एक खापा भएको जस्ताको ढोका पनि जीर्ण अवस्थामा छ।

    प्रहरी चौकी नजिकै भएर होला, चोरी, लुटपाट लगायत विभिन्न अपराधिक क्रियाकलाप हुँदैनन् र त्यसको डर पनि छैन यी बस्तीका मानिसहरूलाई तर एउटा मात्र डर छ कि कति बेला हावाहुरी चल्छ, पानी पर्छ अनि जस्ता र त्रिपाल उदाउँछ।

    २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको दिन सम्झिँदै ५७ वर्षीय माइती माया सुनार “भूकम्पअघि हामी डाँडागाउँको गैरीगाउँमा बस्थ्यौँ। ढुङ्गा–माटोको घर थियो,” उनी भन्छिन्, “एक्कासी भूकम्प आयो र घर भत्कियो। घर, घडेरी सबै पहिरोको जोखिममा परेपछि हामी यहाँ आएँ, त्यसयता त्रिपालमुनि बस्नुपरेको छ।” यहाँ त खेती गर्नका लागि न खेतबारी छ नत ढुक्कसँग बस्नका लागि घर नै छ, कतिबेला हावाहुरी, पानी पर्ने थाहा छैन,

    अहिले यस बस्तीमा २४ घरपरिवारका लागि महिला र पुरुष गरी जम्मा २ वटा मात्र शौचालय छन, जुन व्यवस्थित भने छैन । शौचालयमा पानीको अभाव, व्यवस्थित चुकुलको समस्या उस्तै देखिन्छ । ३२ वर्षीय समिर सुनारका अनुसार हामी २४ घरधुरीका लगभग ६०-७० जना यही टहरोमा बस्दै आएको छौं, शौचालय व्यवस्थित छैन, यहाँ केही पनि व्यवस्थित नरहेको उनले बताए ।

    गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक चिसो—यहाँका बालबालिका, ज्येष्ठ नागरिक, किशोरी र सुत्केरी महिलाहरूले एउटै पीडा भोगिरहेका छन्। यो बस्तीका अधिकांश जेष्ठहरुलाई निमोनियाको समस्या देखिएको छ, भने कतिपय निमोनियाका कारणले बिती सकेको बस्तीका अगुवा सुकबहादुर विक बताए ।
    यो बस्ती आएदेखि व्यवस्थित तरिकाले बस्न नपाएको र चिसो धेरै हुने भएकाले पनि मलाई पनि निमोनियाको समस्या रहेको, उनीले आफूले प्रयोग गर्दै आएका औषधि देखाउँदै भने ।

    २०७२ सालको भूकम्पले बारपाकमा एक हजार १०० घरधुरी भत्किए, ७२ जनाको ज्यान गयो। बाँचेका मानिसहरू महिनौँसम्म खुला आकाशमुनि बसे। त्यसपछि डाँडागाउँ, गैरीगाउँ र कोटडाँडाका ४१ दलित परिवारले सरकारी जग्गामा अस्थायी टहरा बनाएर बस्न थाले। केही परिवार फर्किए पनि २४ घरधुरी भने पहिरोका कारण आफ्नो थलोमा फर्किन सकेनन्।

    यी परिवारहरूले आफ्नो जग्गाको लालपूर्जा सरकारलाई बुझाएर सट्टापट्टा लागि प्रक्रिया टुंगाएर सरकारबाट स्वाकृती पाए पनि अहिले यी दलितको जग्गा प्राप्तिको कुरा स्थानीय राजनीतिक मुद्दा बनेको छ । ११ वर्ष देखि दलितका लागि आवाज बनेका सुकबहादुर विक भन्छन्, “हामी धेरै पटकसम्म सिंहदरबार धायौँ, पछिल्लो समय सरकारबाट जग्गा प्राप्ति भए पनि स्थानीय राजनीतिले गर्दा अझै व्यवस्थित घर बनाउन सकेका छैनौं।

    तस्बिर: विजेन अमात्य / नेपाल फोटो लाइब्रेरी

      admin

      admin@hamroraptifm.com https://hamroraptifm.com

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      Recent News

      Trending News

      Editor's Picks

      मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

      काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो आम्दानी र नाफामा ठूलो फड्को मारेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले सावर्जनिक गरेको वित्तीय वित्तीय विवरण अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा ४...

      स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल

      काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरूको सरुवा तथा काज फिर्ता गर्दै जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय, विभाग र केन्द्रका केही महाशाखा प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेकी हुन् । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिवश आचार्यका अनुसार यसअघि रिक्त रहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी...

      ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य

      आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरूद्ध नेपालले २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले ४८.२ ओभरमा अल आउट हुँदै २०० रन बनाएको हो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले ९० बल खेलेर ७५ रन बनाए। त्यस क्रममा ५ चौका र २ छक्का प्रहार गरे। कुशल भुर्तेलले २५...

      पथलैयामा ओभरलोड सवारीमाथि एक्सनः दुई दिनमै ६ गाडी कारवाहीमा

      जीतपुर । पथलैयामा ट्राफिक प्रहरीले ओभरलोड मालवाहक सवारीसाधनविरुद्ध कडाइ बढाएको छ। क्षमताभन्दा बढी सामान बोकेर गुड्ने सवारीलाई लक्षित गर्दै सुरु गरिएको निगरानी अभियानअन्तर्गत दुई दिनमै ६ वटा गाडी कारवाहीमा परेका छन्। नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार ती सवारीबाट १ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ। प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक...

      जीतपुरसिमरा उपमहानगरमा अटो, ई–रिक्सा र टेम्पो दर्तामा उदासीनता

      बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले अटो, ईलेक्ट्रिकल रिक्सा तथा टेम्पोलाई अनिवार्य रूपमा दर्ता गराउन पटक–पटक आह्वान गरे पनि सवारीधनीहरूको उल्लेख्य सहभागिता नदेखिएको छ। उपमहानगरपालिकाले तीन–तीन पटक सूचना जारी गर्दा समेत अपेक्षित रूपमा सवारीधनीहरू दर्ताका लागि नआएको पाइएको हो। उपमहानगरपालिकाले पहिलो पटक २०८१ साल माघ २४ गते, दोस्रो पटक २०८१ साल चैत २७ गते र तेस्रो...

      अध्यक्ष : सुभद्रा आले मगर
      सम्पादक : राजु थापा
      कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
      सह सम्पादक : अशोक बहादुर परियार
      ले आउट : प्रबेश देसार
      सवाददाता : अनिल अधिकारी

      सम्पर्क

      इमेल : infohamroraotifm@gmail.com

      मोबाइल : 9762345745

      ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

      कम्पनी विवरणहरू

      कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

      सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०