"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

Table of Content

काठमाण्डौ – सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले काम थालेको छ । देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गठित आयोगले केशरमहलमा रहेको कार्यालयबाट हिजोदेखि औपचारिक रूपमा काम थालेको हो । 

गएको २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ । 

एक वर्षको कार्यकाल तोकिएको यस आयोगले २०६२ सालयता सार्वजनिक पदमा रहेका, सेवा निवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण सङ्कलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ । आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुपर्ने प्रावधान रहेको छ । 

प्रतिवेदनलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ । आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ । आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी सङ्कलन गर्नेछ । सरकारको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरू’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचार विरोधी प्रतिबद्धताअनुरूप ‘सम्पत्ति छानबिन आयोग’को गठन  गरिएको हो । 

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ कर्मचारीको छनोट गरिरहेको छ । आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीले समेत कार्यभार सम्हालेको एक हप्ताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

धोबीघाट ढल प्रशोधन केन्द्रको परीक्षण सुरु, बागमती सफा हुने अपेक्षा

ललितपुर। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार ३० असारदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता राख्छ। पीआईडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सीजीसीओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौं उपत्यकाको ढल व्यवस्थापनमा महत्त्वपूर्ण...

सेमिफाइनलमा दुई असिस्ट गरेका मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध दुई असिस्ट गर्दै गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लेका छन् । अमेरिकाको एटलान्टा स्टेडियममा बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को पुनरागमन जित हात पार्दा मेसीले दुवै गोलमा असिस्ट गरेका थिए  अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पुर्‍याउँदै उपाधि रक्षा अभियानमा कायम...

सप्तकोसीमा पानीको बहाव बढ्दो, सुरक्षा सतर्कता अपनाउन कोसी ब्यारेजमा बालियो रातो बत्ती

सप्तकोसीमा पानीको बहाव बढ्दो, सुरक्षा सतर्कता अपनाउन कोसी ब्यारेजमा बालियो रातो बत्ती सुनसरी। पूर्वी पहाडी तथा तराई क्षेत्रमा जारी लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ। बुधबार अबेर कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएअनुसार नदीमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०