"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

Table of Content

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ । 

लखनउको एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो । जवाफमा लखनउ १८ ओभरमै ११९ रनमा समेटिँदै पराजित भयो । राजस्थानका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रनको अविजित इनिङ खेले । यशस्वी जैसवाल र शिमरोन हेटमायरले समान २२/२२ रनको योगदान दिए । 

लखनउका तर्फबाट बलिङमा मोहसिन खान, प्रिन्स यादव र मोहम्मद शामीले समान २–२ विकेट लिए । मिचेल मार्सले ४१ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरनले २२ रन र हिम्मत सिंहले १५ रन जोडे । जितसँगै राजस्थानले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कुशल भुर्तेलकाे कीर्तिमान शतक : नेपालले दियाे मलेशियालाई २७६ रनकाे लक्ष्य

कुशल भुर्तेलकाे कीर्तिमान शतक : नेपालले दियाे मलेशियालाई २७६ रनकाे लक्ष्य काठमाण्डाै – एशियाली खेलकुद छनोटमा नेपालले मलेशियालाई २७६ रनको लक्ष्य दिएको छ । सिङ्गापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो । नेपालका कुशल भुर्तेलले शतक बनाए । भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भए । भुर्तेल...

केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर

काठमाडौँ । अदालतले कैद सजाय तोकेका कैदीबन्दीलाई निश्चित कैद भुक्तानका लागि कारागारमा राखिन्छ । २४ घण्टा सुरक्षा घेरासहित उनीहरूलाई राज्यले नै भरषपोषणको सुविधा दिएर राखेको हुन्छ, तर केन्द्रीय कारागार सुन्धारामा कैदमा बसेका एक जना कैदी होटलमा भेटिएका छन् । केन्द्रीय बन्दी गृहमा ठगी मुद्दामा कैद भुक्तान गरिरहेका अनुप भण्डारी सामाखुसीस्थित होटल दिपसागरमा पुगेका हुन् ।...

धान रोपाइँको मुखमा पर्सामा डिएपी मल अभाव, किसान महँगो मूल्यमा भारतबाट खरिद गर्न बाध्य

वीरगञ्ज । धान खेतीको मुख्य सिजन सुरु भएसँगै पर्सा जिल्लामा रासायनिक मलको अभाव चर्किएको छ। विशेषगरी धानको बीउ छर्ने तथा रोपाइँको तयारी गर्ने समयमा आवश्यक पर्ने डिएपी (DAP) मल बजार तथा सरकारी बिक्री केन्द्रहरूमा उपलब्ध नभएपछि किसानहरू समस्यामा परेका छन्। हरेक वर्ष दोहोरिने मल अभावको समस्या यस वर्ष पनि उस्तै देखिएको छ। सरकारी अनुदानको मल...

पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने

पूर्वप्रधानन्यायाधीश तथा पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन्। उनीहरूले आयोगले माग गरेको सम्पत्ति विवरण तथा त्यससम्बन्धी जाँचबुझको प्रक्रिया संविधान र प्रचलित कानुनअनुकूल नरहेको निष्कर्ष निकालेका हुन्। पूर्वन्यायाधीशहरूबीच आयोगको पत्रपछि उत्पन्न अन्योलबारे एकीकृत धारणा बनाउन विभिन्न चरणमा छलफल भएको थियो। गत जेठ १७ गते आयोजित छलफलमा पूर्वप्रधानन्यायाधीश, सर्वोच्च अदालतका पूर्वन्यायाधीश, उच्च...

सगरमाथामा हराएका शेर्पा सातौँ दिनमा फेला

सगरमाथामा हराएका शेर्पा सातौँ दिनमा फेला काठमाण्डाै – सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा सातौँ दिनमा भेटिनुभएको छ । जेठ १५ गते शुक्रवारदेखि हराइहेका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा फेला पारेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रको डोरी तथा फोहोर व्यवस्थापन गर्ने क्रममा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०