"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार को ३८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Table of Content


श्री राष्ट्रिय आधारभूत विद्यालय डिहिटार ले आफ्नो स्थापना दिवसको अवसर पारेर शैक्षिक प्रदर्शनी मेला, अभिभावक दिवस तथा ३८औँ वार्षिकोत्सव कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

एमजिएमएल (MGML) शिक्षण सिकाइ पद्धतिमा आधारित कक्षा सञ्चालन गर्दै आएको विद्यालयले श्री कालिका आधारभूत विद्यालय चात्राङ र श्री आधारभूत विद्यालय ग्लाउथोक सँगको संयुक्त सहकार्यमा शैक्षिक प्रदर्शनी मेला आयोजना गरेको हो। तीनै विद्यालयले पाठ्यक्रममा आधारित शैक्षिक सामग्री, परियोजना कार्य तथा सिर्जनात्मक सिकाइका नमुनाहरू आ–आफ्ना स्टलमार्फत प्रस्तुत गरेका थिए।

स्थानीय कृषि उपज तथा उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आमा समूह तथा महिला समूहले पनि स्टल सजाएका थिए। उनीहरूले कृषि उपज, हस्तकला सामग्री, स्थानीय रूपमा उत्पादित साबुन, सरफ, मह, जडीबुटी लगायतका सामग्री प्रदर्शनीमा राखेका थिए, जसले मेलालाई थप आकर्षक र जीवन्त बनाएको थियो।

कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा गठित आमा समूहबीच स्वास्थ्य, सरसफाइ, पिउने पानी र पोषण विषयमा आधारित गीत प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा ग्लाउथोक महिला समूह प्रथम, बनौटी महिला समूह द्वितीय र चात्राङ महिला समूह तृतीय भएका थिए। विजेता समूहलाई वातावरण संरक्षण शिविर एक्का नेपाल ले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदसहित पुरस्कृत गरेको थियो।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत श्री गणेश माध्यमिक विद्यालय यौरालीटार का छात्राहरूले राष्ट्रिय गीतमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए भने आयोजक विद्यालयका बालबालिकाहरूले सामूहिक नृत्यमार्फत कार्यक्रमलाई थप रोचक बनाएका थिए।

कार्यक्रमको उद्घाटन एक्का नेपालका वरिष्ठ कार्यक्रम अधिकृत विपीन कुमार श्रेष्ठले गर्नुभएको थियो। श्री कालिका आधारभूत विद्यालय चात्राङ का प्रधानाध्यापक चन्द्रप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जना अभिभावक, समाजसेवी तथा शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक पुष्करकुमार पोखरेलले गर्नुभएको थियो।

विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै समुदायसँगको सहकार्यलाई सुदृढ बनाउँदै आएको सन्देश यस कार्यक्रममार्फत दिएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

IMG_2462-1536x1152

बागमतीमा रमा आलेमगर कृषि मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ

हेटौंडा । बागमती प्रदेशमा नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त...
Seol-1788311297

बाढी प्रभावितलाई स्वदेश फर्काउन दूतावासहरूको सहजीकरण

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन...
1-1789716134

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाण्डाै – गएकाे भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशूली–१...
Rs-50-new-note-1789707340

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ ।...
1-1789710010

एकैदिन टाटाका १५० गाडी ग्राहकलाई हस्तान्तरण

काठमाण्डाै – विश्वकर्मा पूजाका अवसरमा हिजाे एकैदिन नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०