"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आईपीयू महासभामा जलवायु विपद् सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित

काठमाण्डौ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्यूनीकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)अर्यालले प्रस्तुत गर्नुभएको ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकको प्रस्ताव महासभाले छलफलको मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो । सभामुख...
Read more

मैले अरू कसैले नगरेकाे काम गरेकाे छु, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गर्दै आफूले दोस्रो कार्यकाल शुरू गरेयता ८ वटा युद्ध अन्त्य गराएको जिकिर गर्नुभएको छ । ओभल अफिसमा हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि/नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दाबी गर्नुभएकाे समाचार संस्था एएनआईले जनाएकाे छ...
Read more

चितवनको बधस्थल अस्तव्यस्त : ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका

चितवन,असोज २२- माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ । स्वच्छ, स्वस्थ...
Read more

चितवनको इच्छाकामना अस्पताल नयाँ भवनमा सर्‍यो, १५ शय्याबाट सेवा सञ्चालन

चितवन,असोज २२ – इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । यस अस्पतालमा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा...
Read more

राप्ती नगरपालिकाद्वारा भोटेकोसी बाढीपीडितलाई १० लाख रुपैयाँको ब्ल्याङ्केट सहयोग, १३ लाख रुपैया बराबर राहत कोषमा जम्मा

काठमाडौ । चितवनको राप्ती नगरपालिकाले भोटेकोसी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गर्दै जाडोका लागि न्यानो कपडा सहयोग गरेको छ। नगरपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिकालाइ करिब १० लाख रुपैयाँ बराबरका ५०१ थान ब्ल्याङ्केट उपलब्ध गराएको हो। बाढीपछि प्रभावित क्षेत्रमा जाडो बढ्दै गएसँगै पीडित परिवारलाई राहत पुग्ने उद्देश्यले नगरपालिकाले ब्ल्याङ्केट उपलब्ध गराएको जनाएको छ। यसअघि पनि राप्ती...
Read more

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १७ अर्ब नाघ्यो

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकीसम्म १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ मौज्दाद पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा...
Read more

भारतीय चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो । पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो । चिकित्सकहरूले झण्डै ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डा....
Read more

रचनाकार तथा गायक रत्न बेहोसीको निधन

काठमाण्डौ – रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ । नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याउनु भएका बेहोसीको हिजो ९१ वर्षको उमेरमा निधन भएको नेवाः पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिनुभयो । नेपाली तथा नेपालभाषा (नेवारी) गीत–सङ्गीत क्षेत्रमा ६ दशकभन्दा बढी समय योगदान पुर्‍याउनुभएका...
Read more

चाडपर्व लक्षित सुरक्षा योजना लागू : सार्वजनिक गाडीमा यान्त्रिक परीक्षण रिपोर्ट अनिवार्य

काठमाण्डौ – बडादशैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ । देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम...
Read more

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपालबीचको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो नेपाली टोलीलाई बिदाइ गर्‍याे । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले खेलाडीलाई शुभकामना दिँदै बिदाइ गरे । क्यानका सचिव पारस खड्काले शृङ्खला नेपालका...
Read more
1 … 10 11 12 13 14 15

Trending News

Editor's Picks

‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने, पूर्वतयारीसहित सावधानी अपनाउन आग्रह

काठमाण्डौ – बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभाव आजदेखि पर्ने भएको छ । नेपालमा यसको प्रभाव आजदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने भोलिदेखि शुरु हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज देशका धेरैजसो भागमा बादल लाग्ने र राति कोशी कर्णाली र सुदूरपश्चिमको हिमाली क्षेत्रमा बर्षा र हिमपात तथा बागमती, गण्डकी र मधेश...

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । यो खेल त्रिवि क्रिकेट रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो । यसअघि दुई संस्करणको उपविजेता टोली सुदूरपश्चिम तेस्रो संस्करणको अस्ति भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली...

चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किए, ११ जना घाइते

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–४ धारापानीमा ट्रक, बस र माइक्रो बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो । सर्लाहीबाट काठमाण्डौका लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाण्डौबाट मुग्लिनका लागि छुटेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट...

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ – आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८०० सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । दशैँपछि...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

काटमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०