"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बेनी–जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

Table of Content

काठमाण्डाै – गएकाे हप्ताकाे वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालढुङ्गाबाट घाँसासम्म झन्डै ५० किलोमिटर दूरीमा ४६ भन्दा धेरै ठाउँमा सडक अवरुद्ध भएको थियो ।

मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानी र पर्वतको मालढुङ्गाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाडी सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा रहेकाे राहुघाट जलविद्युत् आयोजनाको विद्युत‍्गृह र स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र इन्धन सकिएपछि मर्मतमा चुनौती सिर्जना भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।

‘तिल्केनीचौर–पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर, टिपर चलाउन डिजेलको अभाव भएको छ’, उहाँले भन्नुभयो, ‘तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ ।’

मुस्ताङतर्फबाट इन्धन ढुवानी गर्न अन्तरजिल्ला समन्वय, टावर हटाउन राहुघाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल र उच्चस्तरीय टोलीबाट पहिरो प्रभावित सडकको निरीक्षण गरेर सहजीकरण भएको प्रमुख शर्माले उल्लेख गर्नुभयो ।

रघुगङ्गाको पिप्ले–भगवती–बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना गाडी सञ्चालन र इन्धन ढुवानीका लागि काम भइरहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको प्राविधिक टोलीले अस्ति शुक्रवार पहिरोबाट प्रभावित सडकको निरीक्षण गरेर मर्मतका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएकाे थियाे ।

राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आफ्नो तहबाट निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति लिनुपर्ने बाध्यता रहेकाले त्यसकाे बारेमा जानकारी नबुझी सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युत‍्गृहबाट पानी फाल्न बनाइएको ‘टेलरेस डक’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा बाढीले कटान गरेर क्षति पुर्‍याएको छ । राहुपारे, सिरुवारी, कुनौटा, महभीर, भीरकाटे, धिरच्याङ र रातोपानीमा सडक कटान गरेको छ भने पोखरेबगरको सडक पुलको पहुँचमार्ग बाढीले बगाएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि एक मात्र विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्क पनि सडक अवरुद्ध भएपछि टुटेको छ । मुख्य याममा पर्यटकीय गतिविधि ठप्प भएकाले बेनी–जोमसोम सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०