"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा विद्युतीय सवारी सम्बन्धी सचेतना कार्यक्रम, धेरैजसो इभी सवारी दुर्घटना मानविय कारण

Table of Content

चितवन, असोज १७–

चितवनमा विद्युतीय सवारी साधान सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । चितवन अटोमोबाइल डिलर एशोसियशन (काडा)ले आज (शनिबार) व्यवसायी तथा सेवाग्राहीलाई विद्युती गाडी प्रयोग सम्बन्धी जानकारी दिएको हो ।

पछिल्लो समय विद्युतीय सवारी साधनमा नकरात्मक हल्ला फैलिएपछि व्यवसायी तथा सेवाग्राहीलाई यसको गुणस्तर तथा विशेषताको विषयमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले विद्युतीय गाडी संसारका व्यक्तिले स्वीकार गरेको बताउँदै यसलाई ठिक कि बेठिक भन्ने विषय नभएको बताए । सवारी दुर्घटना मानविय तथा तथा भौतिक कारणले पनि हुने भएकाले सवारी साधनलाई मात्र दोष दिन नहुने उनको भनाई छ ।

‘ईभि गाडी खराब कि नखराब भन्ने विषय यो अनावश्यक कुरा हो,’ उनले भने ‘संसारका व्यक्तिले स्वीकार गरेको वस्तु ठिक कि व्यक्ति भन्ने होईन ।’ सन् २०२४मा दक्षिण कोरियामा रोकिराखेको विद्युतीय गाडिमा आगलागी भएको उदाहरण दिँदै प्रमुख जिल्ला अधिकारी अर्यालले त्यहाँ विद्युतीय सवारी साधन विस्तार भइरहेको बताए ।

चितवनमा केही समय अगाडि विुद्यतीय कारमा आगलागी भएको थियो । त्यस विषयलाई लिएर यस गाडीको विश्वसनियता माथी प्रश्न उठेको थियो । तर विद्युतीय सवारी साधनको कारण मात्र आगोलागी नभएको प्रशिक्षक रविन पौडेलले जानकारी दिए । विद्युती सवारी साधन प्रयोग गर्दा विद्युतको भोल्टेज लगायतका विषयमा ख्याल गर्नुपर्ने उनले बताए । विद्युतीय सवारीसाधनका धेरै फिचरहरु रहेको भन्दै यसबारे ज्ञान लिएर सवारी चलाउनुपर्ने उनको भनाई छ । नेपालमा अधिकांश दुर्घटना चालकका कारण भएको उनको जिकिर छ ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जिवि सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका विष्णु थापा लगायतको उपस्थिती रहेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

काठमाण्डौ – आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक ९ गतेसम्म हुनेछ । खेलाडीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अंशुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई,...

नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डौ – नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।हरेक वर्ष असाेज शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना...

चितवनमा रक्तदान प्रिमियर लिग हुँदै, विजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार

भरतपुर, असोज २९- रक्तदान संस्कृतिको विकास, युवापुस्तामा मानवीय सेवाभावको अभिवृद्धि तथा रक्तदानसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले चितवनमा ‘रक्तदान प्रिमियर लिग’ आयोजना हुने भएको छ। नेपाल रक्तदाता संगठनको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रिमियर लिग आगामी मङ्सिर महिनादेखि सुरु हुने भएको हो। रक्तदानलाई सामाजिक अभियानका रूपमा स्थापित गर्दै विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई मानवीय सेवामा सहभागी गराउने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०