"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एनपीएलको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा साविक विजेता र उपविजेता भिड्ने

Table of Content

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कात्तिक ९ गते (२६ अक्टोबर) देखि सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । जसअनुसार उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

सार्वजनिक खेलतालिका अनुसार १५ नोभेम्बरसम्म समूह चरणका खेलहरु सञ्चालन हुनेछन् । यसपटक पनि खेलहरु दिउँसो तथा रात्रिकालिन रुपमा फ्लडलाइटमा खेलाइनेछ । १७ नोभेम्बरमा क्वालिफायर १ (पहिलो र दोस्रो स्थानमा रहने) टोलीबीच खेल हुनेछ । यस्तै, १८ नोभेम्बरमा एलिमिनेटर (तेस्रो र चौंथो स्थानमा रहने) टोलीबीच खेल हुने तालिका छ । १९ नोभेम्बरमा क्वालिफायर २ खेल हुनेछ । जसमा क्वालिफायर १ को पराजित टोली र एलिमिनेटरको विजेताबीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल २१ नोभेम्बरमा हुनेछ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने सुदूरपश्चिम रोयल्स दुवैपटक उपविजेता बनेको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०