"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

Table of Content

काठमाण्डौ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर हिजो बेलुका स्वदेश फर्किनुभएको छ ।

भारत सरकारको निमन्त्रणामा बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली जानुभएको थियो ।

भ्रमणका क्रममा उहाँ भारतका मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो ।

भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्‍याएको सहयोगप्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताउनुभयो ।

साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ ।

यसैबीच संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनाल महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुनेछ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह पर्सि मंगलबार अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई बिहीबार सम्बोधन गर्नुहुनेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०