"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दै

Table of Content

काठमाण्डौ – एसीसी पुरुष प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले आज ओमानसँग खेल्दैछ ।

मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार अहिले बिहान सवा ७ बजे शुरु हुनेछ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणका पहिलो तीन खेल जितेको थियो भने अन्तिम खेलमा हङकङसँग १५ रनले पराजित भएको थियो । यद्यपि, समान ६ अंक भए पनि राम्रो रनरेटका आधारमा नेपाल समूह विजेता बनेको हो ।

ओमान समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो । ओमानले समूह चरणमा चारमध्ये दुई खेल जितेको थियो । अन्तिम खेलमा भने ओमान संयुक्त अरब इमिरेट्ससँग ४९ रनले पराजित भएको थियो ।

आजको खेलमा जित हात पार्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । आजै अर्को सेमिफाइनल खेल संयुक्त अरब इमिरेट्स (यूएइ) र हङकङबीच हुँदैछ । फाइनल खेल पर्सि शनिबार हुने तालिका छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534

ओमानलाई ६० रनमा अलआउट गर्दै नेपाल एसीसी प्रिमियर कपकाे फाइनलमा

काठमाण्डाै – ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा...
bhotekoshi-flood-1789024714 (1)

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ...
1784635298-uMxK4

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री यादवले...
bhotekoshi-flood-1789024714

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०