"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इरानसँगको युद्ध अमेरिकी मध्यावधि चुनावपछि अन्त्य हुने ट्रम्पको दाबी

Table of Content

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध अवको दुई महिनापछि नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि चुनावलगत्तै अन्त्य हुने दाबी गर्नुभएको छ ।

उहाँले इरानले अमेरिकी चुनावलाई प्रभावित पार्न युद्ध लम्ब्याउन खोजिरहेको आरोप लगाउँदै, अमेरिकी आर्थिक तथा सैन्य दबाबका कारण तेहरान धेरै समय टिक्न नसक्ने दाबी गर्नुभएको रोयटर्सले जनाएको छ ।

ट्रम्पले हिजो पत्रकारहरूसँग कुरा गर्दै युद्ध चुनावपछि तत्काल अन्त्य हुने बताउनुभएको हो । इरानले अमेरिकी चुनावमा आफूअनुकूल परिणाम निकाल्ने प्रयास गरिरहेको छ । इरानले युद्ध लम्ब्याएर अमेरिकी मतदातामा असन्तुष्टि बढाउने र त्यसबाट रिपब्लिकन पार्टी कमजोर बनाउने प्रयास गरिरहेको ट्रम्पको आरोप छ ।

तर ट्रम्पले इरानसँग पुनः वार्ता हुने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गर्नुभएको छैन । उहाँले वार्ता सम्भव भए पनि अहिले अमेरिकी प्रशासन त्यसका लागि सक्रिय रूपमा अघि नबढेको बताउनुभएको छ । यसअघि इरानको आणविक कार्यक्रमलाई लिएर भएका वार्ताहरू निष्कर्षमा पुग्न नसकेपछि दुई देशबीचको तनाव थप चर्किएको छ ।

ट्रम्पले आफूले इरानसँग केवल आणविक सम्झौता मात्र गर्न नखोजेको बताउनुभएको छ । उहाँका अनुसार भविष्यमा हुने कुनै पनि सम्झौतामा आणविक कार्यक्रमबाहेक अन्य विषयसमेत समेटिनेछन् । अमेरिकी पक्षले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नु आफ्नो प्रमुख उद्देश्य भएको बताउँदै आएको छ ।

इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आणविक हतियार बनाउने उद्देश्य अस्वीकार गर्दै आएको छ । ट्रम्पको पछिल्लो भनाइ अमेरिका र इरानबीचको सैन्य तनाव फेरि तीव्र बनेको बेला आएको छ  ।

युद्धका कारण तेलको ढुवानी प्रभावित हुँदा विश्वभर इन्धन तथा उपभोग्य वस्तुको मूल्यमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534

ओमानलाई ६० रनमा अलआउट गर्दै नेपाल एसीसी प्रिमियर कपकाे फाइनलमा

काठमाण्डाै – ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा...
bhotekoshi-flood-1789024714 (1)

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ...
1784635298-uMxK4

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री यादवले...
bhotekoshi-flood-1789024714

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०