"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ओमानलाई ६० रनमा अलआउट गर्दै नेपाल एसीसी प्रिमियर कपकाे फाइनलमा

Table of Content

काठमाण्डाै – ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा आज भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हरायो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमानले २८ ओभर १ बलमा ६० रन बनाउँदा सबै विकेट गुमायो । ओमानका जतिन्दर सिंहले २५, जितेन रामानन्दीले १३ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३/३ तथा ललित राजवंशी र रोहितकुमार पौडेलले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४५ ओभर ४ बलमा १४७ रन बनाउँदा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५१, बसिर अहमदले ४७, देव खनालले १३, मोहम्मद आसिफले ११ रन बनाए । ओमानका जय विराम ओडेडरा र हसनैन शाहले ३/३ विकेट लिए ।

अब नेपालले उपाधिका लागि पर्सि शनिवार यूएईसँग खेल्नेछ । आजै भएको अर्काे सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले हरायो ।

हङकङले दिएकाे ७१ रनको लक्ष्य यूएईले ११ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायाे । यूएईका तनिश सुरीले २७ रन बनाए । हङकङका एहसान खान, किन्चित शाह र कप्तान यासिम मुर्तजाले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे हङकङले ३० ओभर १ बलमा सबै विकेट गुमाएर ७० रन बनायाे । हङकङका जिशन अलीले १७ रन बनाए । यूएईका हैदर अलीले ६ विकेट लिए ।

एसीसी प्रिमियर कपकाे उपाधि जित्ने टोली एशिया कपमा छनोट हुनेछ । यस्तै फाइनलमा पुग्ने २ र तेस्रो हुने टोली इमर्जिङ टिम्स एशियाका लागि छनोट हुनेछन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534

ओमानलाई ६० रनमा अलआउट गर्दै नेपाल एसीसी प्रिमियर कपकाे फाइनलमा

काठमाण्डाै – ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेशियाको क्वालालम्पुरमा...
bhotekoshi-flood-1789024714 (1)

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ...
1784635298-uMxK4

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छिन् । मन्त्री यादवले...
bhotekoshi-flood-1789024714

भाेटेकाेशी बाढी : अहिलेसम्म १ हजार ३७७ जनाकाे शव भेटियाे

काठमाण्डाै – भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०