"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रसुवा बाढी अपडेट : १३४४ को शव फेला, झण्डै ५ हजार अझै बेपत्ता

Table of Content

रसुवा ।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेकाे छ ।  नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्।

प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ।

बेपत्ता हुने ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन्। नेपाली बेपत्ताहरूमा २,४४८ पुरुष र ४८२ महिला रहेका छन्। १,३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८,६३१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा ७,३८७ नेपाली र १,२४४ विदेशी नागरिक रहेका छन्। विस्थापित भएका ३,६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ।

खोज तथा उद्धार कार्यका लागि ७,२१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन्।

फेला परेका शवहरूमध्ये १,०३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। मृतकको पहिचानका लागि डिएनए (DNA) संकलन कार्य पनि तीव्र पारिएको छ। हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ जनाको डिएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १,२७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०