"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

Table of Content

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको फागुनमा मध्यपूर्वमा तनाव बढेदेखि नै अभाव हुँदै आएको ग्यास अहिले भोटेकोशीको बाढीले सडक सञ्जाल अवरुद्ध भएपछि थप चर्किएको छ ।

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डौ उपत्यका र आसपासका जिल्लाका उपभोक्ताले ग्यासका लागि थप सास्ती खेप्नुपरेको छ । अभावपछि नेपाल आयल निगम र ग्यास उद्योगीबीच भएको छलफलपछि अत्यावश्यक उपभोक्तालाई राहत पुग्ने गरी ग्यास वितरण गर्न पहल थालिएको छ ।

उद्योगीलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी अर्थात् सिलिण्डरमा भरेर ल्याउन अनुमति दिएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाण्डौ बाहिरका उद्योगमा खाली सिलिण्डर कम छन् । काठमाण्डौमा खाली भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म पुर्याउनुपर्ने हुन्छ । अनि ती खाली सिलिण्डर भरेर काठमाण्डौ भित्र्याउन थालिएको छ ।

तराईका १५ ग्यास उद्योगमा विभिन्न २६ वटा ब्रान्डका सिलिन्डर भर्न शुरु गरिएको छ । तराईका उद्योगबाट हिजो शुक्रबार ३० हजार सिलिन्डर ग्यास काठमाण्डौ भित्रिएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाण्डौ उपत्यकामा दैनिक ४० हजार सिलिण्डर ग्यास आवश्यक पर्छ । तर पहिलेदेखि नै अभाव रहेको हुँदा अहिले दैनिक एक लाख सिलिण्डर पनि खपत हुने अवस्था छ ।

सङ्गठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनमा नै ग्यासको समस्या समाधान हुने उहाँको दाबी छ । अध्यक्ष चन्दले आवश्यक मात्र सिलिन्डर साटेर सहज गरिदिन र अहिले अभावको बेला भएकाले अनावश्यक मौज्दात नगर्न उहाँको आग्रह छ ।

एउटा ग्यास बोक्ने बुलेटमा ४५० सिलिन्डर ग्यास आउँछ । ठूलो ट्रकमा भरिएका ५०० सिलिण्डर बोक्ने क्षमता हुन्छ भने खाली ६०० हाराहारी सिलिण्डर बोक्न सक्ने उहाँले बताउनुभयो । निजी क्षेत्रका ग्यास कम्पनीले खाडी संकट, पृथ्वी राजमार्ग अवरुद्ध एवं अन्य बहना देखाउने गरेका कारण उपभोक्तालाई सास्ती भएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०