"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

Table of Content

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको छ। 

मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार, मन्त्रालय र विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यरत सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो। 

गृह मन्त्रालयको नयाँ ओएन्डएममा सहसचिवबाट उपसचिवको दरबन्दी कायम भएका खोटाङ, जाजरकोट, रोल्पा, सल्यान, अछाम, बैतडी, डडेल्धुराका सीडीओ व्यवस्थापन गर्नुपर्ने थियो। बैतडी र अछाममा यसअघि नै नयाँ दरबन्दी अनुसार सीडीओ सरुवा भइसकेका थिए।

नयाँ सरुवाअनुसार, राष्ट्रिय किताब खानाबाट गृह मन्त्रालयमा सरुवा भएका सह–सचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भदौ १७ गतेबाट लागू हुने गरी पदबाट राजीनामा दिएका थिए। यद्यपि गेलालको राजीनामा स्वीकृत भइनसकेकाले उनलाई पनि गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ। 

त्यस्तै, सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको सीडीओको जिम्मेवारी दिइएको छ।

यसैगरी, गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गत ल्याइएको छ। खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई सहसचिवका रूपमा गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ। यद्यपि घिमिरेले राजीनामा दिइसकेका छन्। 

रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई सहसचिवका रूपमा गृह मन्त्रालयमै सरुवा गरिएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई पर्वत पठाइएको छ भने पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ भने गृह मन्त्रालयका आन्तरिक महाशाखा प्रमुख ऋषिराम तिवारीलाई लागू औषध नियन्त्रण विभागको महानिर्देशकका रूपमा सरुवा गरिएको छ। नयाँ ओएन्डएमअनुसार, स्थापन भएको उक्त विभागको पहिलो महानिर्देशकको जिम्मेवारी तिवारीले पाएका छन्।

सहसचिव बाबुराम घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा कार्यरत वरिष्ठ अध्यागमन अधिकृत वेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। 

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराललाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाइएको छ। गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ। गृह मन्त्रालयका उपसचिव बन्दना केसीलाई सल्यानको प्रमुख जिल्ला अधिकारी र उपसचिव गणेश गैरैलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल पौडेललाई पनि गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...
Rainning_pcghNEgUaL

पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर वर्षा

काठमाण्डौ – पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर पानी परेको छ । मौसम पूर्वानुमान...
1-1788511113

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या १ हजार २९४, पाँचहजार ५३ जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि अहिलेसम्म एक हजार...
parewabhir-1788570850

गाडी आवागमन बन्द गरेर धादिङको परेवाभिरमा सडक मर्मत गरिँदै

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ परेवाभिर सडकखण्डमा मर्मत गर्न आज १२ घण्टा गाडी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०