"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या १ हजार २९४, पाँचहजार ५३ जना सम्पर्कविहीन

Table of Content

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि अहिलेसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार ५३ जना अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १३ हजार ९५ जनाको उद्धार गरिएको छ । खोजी तथा उद्धारको कामलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीपछि घाइते तथा प्रभावित गरी अहिलेसम्म पाँच हजार ६६३ जनाको उपचार गरिएको छ ।

रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७  होल्डिङ सेन्टरमा चार हजार ६२७ जनाले सुरक्षित आश्रय लिइरहेका छन् । विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका पनि प्राधिकरणले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...
Rainning_pcghNEgUaL

पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर वर्षा

काठमाण्डौ – पछिल्लो ६ घण्टामा पाल्पाको अर्चलेमा ७०.६ मिलिमिटर पानी परेको छ । मौसम पूर्वानुमान...
1-1788511113

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या १ हजार २९४, पाँचहजार ५३ जना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि अहिलेसम्म एक हजार...
parewabhir-1788570850

गाडी आवागमन बन्द गरेर धादिङको परेवाभिरमा सडक मर्मत गरिँदै

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ परेवाभिर सडकखण्डमा मर्मत गर्न आज १२ घण्टा गाडी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०