"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

Table of Content

काठमाण्डाै – नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री/वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ ।

पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ ।

निगम र ग्यास बिक्रेता महासङ्घको टोलीबीच आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो ।

अब काठमाण्डौ उपत्यकामा बिक्री/वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था मिलाइएको छ ।

बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ । व्यावसायिक प्रयोजनमा ग्यास उपभोग गर्ने व्यवसायीले आफैँ ग्यास व्यवस्थापन गर्नुपर्नेछ ।

बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास गरिने भएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

819236742_1825159655136456_370711856341093373_n-1789994601

शुक्रबारदेखि आइतबारसम्म मुसलधारे वर्षाको सम्भावना : यी जिल्लामा बढी जोखिम

काठमाण्डौ – आउँदो शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा मुसलधारे र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना...
PM-1788659805

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ...
Prayatan-1790041336

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब...
Typhone-1790036571

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा...
Nepal-Bhutan-1790043434

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०