"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अस्ट्रेलियामा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज पहिलो एकदिवसीय अभ्यास खेल्दै

Table of Content

काठमाण्डौ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले आज पहिलो एकदिवसीय अभ्यास खेल खेल्दैछ ।

नेपाल क्रिकेट संघ ‘क्यान’ले नेपाल ‘ए’ का लागि तीनवटा अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपाल ‘ए’ टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

त्यसपछि पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । र, अभ्यास शृंखलाको अन्तिम खेल आउँदो  आइतबार न्युजिल्यान्ड ‘ए’ सँग हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै भएको ‘टप एन्ड टी–२० सिरिज’ खेलेको थियो ।

टि–२० श्रृंखलामा नेपालले होबर्ट हुरिक्यास एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो । त्यस्तै भिक्टोरिया एकेडेमी, नर्दन टेरिटोरी स्टाइक, बङ्गलादेश हाइ प्रफर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित थियो ।

टी–२० को अनुभवपछि अब टोली एकदिवसीय फम्र्याटमा अभ्यास खेल खेल्न लागेको हो ।  यी अभ्यास खेलले नेपाली खेलाडीलाई बलिया टोलीविरुद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०