"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाको उद्धारमा अझै समस्या

Table of Content

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहमा फसेका र सम्पर्कविहीन भएकाहरूको अझै उद्धार हुन सकेको छैन ।

बाढीको एकहप्ता बितिसक्दासमेत सुरुङभित्र पसेको लेदो, थुप्रिएको माटो, बढ्दो नदीको सतह र घटनास्थलसम्म आवश्यक भारी उपकरण पुर्‍याउन नसक्दा समस्या भएको हो । माथिल्लो त्रिशूली–३ ‘ए’, चिलिमे, रसुवागढी, लाङटाङ खोला, त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ लगायतका आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धार प्रयास भैरहे पनि सफल हुन सकेको छैन ।

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङभित्र उद्धारकर्ता पठाउन ड्रिलिङ तथा खन्ने कामका लागि चार वटा स्काभेटर परिचालन गरिएको छ । उद्धारलाई थप प्रभावकारी बनाउन विद्युतगृह निर्माणका क्रममा प्रत्यक्ष संलग्न भएका अनुभवी विज्ञहरूलाई समेत परिचालन गर्नेबारे छलफल भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै चिलिमे जलविद्युत् केन्द्रको विद्युतगृहमा भारतीय उद्धार टोली, नेपाली सेना लगायतले विद्युतगृहसम्म पुग्ने मार्ग सफा गर्ने काम गरेका छन् । सुरुङसम्म आवश्यक मेसिनरी तथा उपकरण लैजान नसक्दा उद्धार कठिन बनेको छ ।

रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र कोही नरहेको निष्कर्षसहित सेनाको टोली फर्किएपछि थप उद्धार कार्य अघि बढ्न सकेको छैन । सात दिनसम्म पनि हराइरहेकाहरूको खोजी प्रभावकारी रूपमा अघि बढ्न नसकेपछि आफन्तहरू आक्रोशित बनेका छन् ।

लाङटाङ खोला जलविद्युत् आयोजनामा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि प्राविधिक तथा विज्ञ परिचालन गर्ने तयारी छ । त्रिशूली–३ ‘बी’ र माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङमा पनि खोजी प्रयास भैरहेको सरकारले जनाएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1788235338-ty4OR-1788241744

बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह

काठमाण्डौ – बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह...
rain_final_ZzSd2peMFt

केही ठाउँमा पानी परिरहेकाले सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा मध्यमसम्मको वर्षा भैरहेको छ । गण्डकी...
Sureung-1788306148

जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाको उद्धारमा अझै समस्या

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युतगृहमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०