"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

इजरायलको वेस्ट बैंक बस्ती विस्तार योजनालाई लिएर ५ वटा देशहरुद्वारा संयुक्त विरोध

Table of Content

बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाले इजरायलले कब्जामा रहेको वेस्ट बैंकको संवेदनशील क्षेत्रमा नयाँ बस्ती निर्माणका लागि अघि बढाएको योजनाको विरोध गरेका छन् ।

ती देशहरुले संयुक्त विज्ञप्ति निकाल्दै गर्दै पूर्वी जेरुसेलम नजिकै झण्डै १ हजार २०० नयाँ आवास निर्माणका लागि बोलपत्र आह्वान गर्ने इजरायलको निर्णयलाई ‘अस्वीकार्य’ बताएका बीबीसीले जनाएको छ ।

उनीहरूले यो योजना तत्काल फिर्ता लिन इजरायलसँग आग्रह गरेका छन् । इजरायलको आवास मन्त्रालयले अस्ति बुधवार पूर्वी जेरुसेलम र माले अदुमिम बस्तीबीचको क्षेत्रमा ३ हजार ४०१ स्वीकृत आवास एकाइमध्ये १ हजार २३४ का लागि बोलपत्र आह्वान गरेको थियो ।

झण्डै १२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको परियोजनाको बोलपत्र बुझाउने अन्तिम मिति आउँदो महिना अक्टोबर १९ तारिख तोकिएको छ । यसले भविष्यमा प्यालेस्टिनी राज्य स्थापनाको सम्भावनालाई थप कमजोर बनाउने ती देशहरुको भनाइ छ ।

उनीहरूले यस कदमले शान्तिको सम्भावनालाई थप टाढा लैजाने र अन्तर्राष्ट्रिय स्तरमा इजरायलको प्रतिष्ठामा समेत असर पार्ने चेतावनी दिएका छन् । राष्ट्रसंघले पनि यो योजना प्यालेस्टिनी राज्यका लागि ‘अस्तित्वगत खतरा’ भएको जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०