"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एशियाकै सबैभन्दा ठूलो खेलकुद मेला एशियन गेम्स शुरु हुन एक महिना बाँकी

Table of Content

एशियाकै सबैभन्दा ठूलो खेलकुद मेला २० औं एशियन गेम्स शुरु हुन अब एक महिना मात्र बाँकी छ ।

ओलम्पिक काउन्सिल अफ एशिया र आइची–नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ अर्थात असोज ३ गतेदेखि असोज १८ गतेसम्म हुने एसियाको सबैभन्दा ठूलो बहु–खेलकुद प्रतियोगिता २०औँ एसियन गेम्स शुरु हुन अब एक महिना मात्र बाँकी रहेको अवसरमा उत्सव मनाएका छन् ।

१६ दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एशियाका ४५ देशका ११ हजारभन्दा बढी खेलाडी र ६ हजार पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) ले जनाएको छ ।

एशियन गेम्समा नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुँदैछन् । यसले एशियाली खेलकुदको इतिहासमा एउटा ऐतिहासिक उत्सवको रूप लिने अपेक्षा गरिएको ओसिएले जनाएको छ ।

जापानले एसियन गेम्स आयोजना गर्न लागेको यो तेस्रो पटक हो । यसअघि जापानले दुई पटक टोकियो (१९५८) र हिरोसिमा (१९९४) एसियन गेम्स सफलतापूर्वक आयोजना गरेको थियो । विश्वभरका करोडौँ दर्शकले प्रत्यक्ष तथा विभिन्न माध्यमबाट प्रतियोगिताको प्रसारण हेर्ने अपेक्षा गरिएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०