"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बागमतीकाे मुख्यमन्त्रीमा एमालेका किरण थापाकाे दाबी पेश

Table of Content

काठमाण्डाै – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का किरण थापा मगरले दाबी पेश गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनमा थापाले आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

मुख्यमन्त्री कार्यालयले थापालाई भोलि मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको जनाएको छ । एमाले र नेकपा गठबन्धनबीचको सहमतिअनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो ।

यसअघि इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । थापालाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थन रहेको छ ।

यसैबीच राप्रपाले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ ।

महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गर्नुभएको छ ।

गएकाे साउन २० गते बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ । तर केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गर्नुभएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०