"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पीएसजीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि

Table of Content

काठमाण्डौ — लेन्सले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० ले पराजित गर्दै पहिलोपटक सुपर कप (ट्रोफे डेस च्याम्पियन्स)को उपाधि जितेको छ ।

कुप डे फ्रान्सको गएको सिजनको विजेता लेन्सका लागि थाउभिनले ३२औं मिनेटमा गोल गरे । तर, त्यसको ७ मिनेटपछि किलियन एन्टोनियोले सिधै रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित भयो ।

पिएसजीले शुरुआतदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न सकेन । गएको सिजन लिग वानको उपाधि दौडमा पिएसजीलाई सबैभन्दा कडा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियनभन्दा ६ अंक पछाडि रहेको थियो ।

यद्यपि, कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन पूरा गरेको थियो । यसपटक डिनो टोपमोलरको नेतृत्वमा लेन्सले अर्को महत्वपूर्ण उपाधि थपेको छ । लेन्सको यो पहिलो सुपर कप उपाधि हो । लेन्सले यसअघि सन् १९९८ मा एकपटक मात्र यो प्रतियोगिता खेलेको थियो ।

त्यतिबेला पिएसजीसँग १–० ले पराजित भएको लेन्सले यसपटक भने त्यही प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि आफ्नो नाममा लेखायो । पिएसजीले पछिल्ला चार संस्करणमा लगातार सुपर कप  जितेको थियो ।

कीर्तिमानी १५औं उपाधि जित्ने लक्ष्यमा रहेको पिएसजीले खेलमा २२ प्रहार गरे पनि गोल निकाल्न सकेन । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०