"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बेल्जियममा कामदारले फेला पारे डेढ अर्ब रुपैयाँभन्दा धेरैको सुन

Table of Content

बेल्जियमको पूर्वी फ्ल्यान्डर्समा घर मर्मत गरिरहेका कामदारहरूले झन्डै ९० लाख युरो अर्थात् १ अर्ब ५८ करोड रुपैयाँभन्दा धेरै मूल्य बराबरको सुनका इँटा र सिक्काहरू फेला पारेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यसै हप्ताको शुरूमा ढलको पाइप बिछ्याउन खन्ने क्रममा कामदारहरूले यो खजाना फेला पारेका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ । यति ठूलाे परिमाणमा सुन भेटिएपछि कसले दाबी गर्न सक्छ भन्ने प्रश्न उठेकाे छ ।

कामदारहरूका साथै यो ठाउँको स्वामित्व अधिकार राख्ने स्थानीय निकायले पनि यसमा दाबी गर्ने सम्भावना छ ।

घटनाबारे अनुसन्धान शुरू गरेपछि प्रहरीले मानिसहरूलाई त्यो ठाउँमा गएर थप खजाना खोज्न रोक लगाएको छ । प्रहरीले घरको पूर्णरूपमा खोजतलास गरिसकेको र भेटिएको सबै सुन सुरक्षित ठाउँमा राखिएको जनाएको छ ।

सुन भेटिएको ठाउँ अहिले सीएडब्ल्यू ओस्ट–भ्लान्डेरेन नामक संस्थाको स्वामित्वमा छ । यो संस्थाले डेनडरमोन्डे क्षेत्रमा मानिसहरूलाई सामाजिक तथा कल्याणकारी सहायता उपलब्ध गराउँदै आएको छ ।

संस्थाका निर्देशक गीर्ट हिलर्टले भविष्यमा यो खजाना संस्थाको काममा प्रयोग गर्न सकिने र दैनिक रूपमा देखिने ठूलो आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभएको छ ।

बेल्जियमको कानूनअनुसार वास्तविक मालिकले यो खजाना आफ्नो भएको दाबी गर्न ५ वर्षको समय हुन्छ । यद्दपि यस घटनाको अनुसन्धान गरिरहेका स्थानीय सरकारी वकिलका अनुसार अहिलेसम्म यो सुनको वास्तविक मालिक को हुन् भन्ने पत्ता लागेको छैन ।

यदि ५ वर्षभित्र कसैले पनि दाबी गर्न नआएमा नागरिक कानूनअनुसार अरूको जमिनमा लुकाइएको खजाना फेला पार्ने व्यक्ति र त्यो जमिनको मालिकबीच बाँड्ने व्यवस्था छ । तर यो खजाना कुनै अपराधसँग सम्बन्धित नभएको प्रमाणित हुनुपर्नेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०