"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

स्वास्थ्य अवस्था सुधारपछि जगन्नाथ थपलियाले दिए धन्यवाद, अपूर्ण तथा अतिरञ्जित समाचारमा विश्वास नगर्न आग्रह

Table of Content

चितवन । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाले आफ्नो स्वास्थ्य अवस्थाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित अपूर्ण, गलत वा अतिरञ्जित समाचारलाई आधार बनाएर निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।

हालै बागमती प्रदेशको समसामयिक राजनीतिक विषयमा केन्द्रित छलफलमा सहभागी भएका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि थपलिया उपचारका लागि अस्पताल भर्ना भएका थिए। चिकित्सकको सल्लाहअनुसार थप परीक्षण तथा उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको उनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। पछिल्लो समय स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्।

प्रेस विज्ञप्तिमार्फत थपलियाले उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीप्रति विशेष आभार व्यक्त गरेका छन्। साथै स्वास्थ्य अवस्थाबारे जानकारी लिन, अस्पतालमा उपस्थित भएर हौसला प्रदान गर्न तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्ने पार्टीका नेता–कार्यकर्ता, आफन्त, शुभेच्छुक तथा सञ्चारकर्मीप्रति पनि उनले धन्यवाद दिएका छन्।

थपलियाले आफू अझै पूर्ण रूपमा स्वस्थ नभइसकेको उल्लेख गर्दै चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन, पर्याप्त आराम तथा स्वास्थ्यमा विशेष ध्यान दिइरहेको बताएका छन्।

उनले आफ्नो स्वास्थ्य अवस्था तथा राजनीतिक जिम्मेवारीसँग सम्बन्धित विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अपूर्ण, गलत वा अतिरञ्जित सूचना तथा समाचारलाई आधार बनाएर कुनै निष्कर्षमा नपुग्न सबैमा आग्रह गरेका छन्।

स्वास्थ्यमा सुधार भएसँगै थपलियाले आगामी दिनमा अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ नेकपा (एमाले) लाई बागमती प्रदेशमा थप सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका अझ बलियो बनाउन आफ्नो जिम्मेवारीमा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

धन्यवाद ज्ञापन गर्दै उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०