"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेपालसहित दक्षिण एशियामा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव : आईएलओ

Table of Content

काठमाण्डाै – नेपाल, बङ्गलादेश र श्रीलङ्कामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले सार्वजनिक गरेको ‘ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ २०२६’ प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनअनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सिर्जनाका कारण विश्वभरका युवामा निराशा बढेको छ ।

नेपालजस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा १० मध्ये ९ जना युवा न्यून आय र सामाजिक सुरक्षाविहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन् ।

छिमेकी देश भारतसहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढे पनि त्यहीअनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२५ मा विश्वव्यापी युवा बेरोजगारी दर १२.४ प्रतिशत पुगेको छ, याे ६ करोड ७० लाख जनसङ्ख्या बराबर हो ।

यस्तै केन्यामा भएका ’जेन–जी’ प्रदर्शनदेखि दक्षिण एशियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलओको ठहर छ ।

पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) का कारण मध्यम सीप आवश्यक पर्ने कार्यालय र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बनेको छ ।

आईएलओका महानिर्देशक गिल्बर्ट एफ हौङवोले युवाहरू गुणस्तरीय रोजगारीबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सिर्जना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनुभएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०