"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडित महिलाको आत्मदाह प्रयास

Table of Content

जनकपुरधाम । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। जनकपुरधाम उपमहानगरपालिका–४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो मिटरब्याज पीडितहरूले जिल्ला अदालत अगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका थिए। प्रदर्शनका क्रममा रजकले आफूलाई हानि पुर्‍याउने प्रयास गरेपछि प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई रोकेको जनाएको छ।

मिटरब्याजसम्बन्धी समस्या समाधान तथा आफूहरूले भोग्दै आएका समस्याको न्यायिक निरूपणको माग गर्दै पीडितहरू अदालत अगाडि प्रदर्शनमा उत्रिएका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनापछि मिटरब्याज पीडितहरूको माग, उनीहरूको सुरक्षा तथा समस्या समाधानका विषयमा समेत पुनः ध्यानाकर्षण भएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०