"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुदूरपश्चिमका रास्वपा सांसदसँग प्रधानमन्त्रीकाे छलफल

Table of Content

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।

आज सिंहदरबारमा भएको सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या र सरकारका गतिविधिबारे कुराकानी भएको हो ।

विशेषगरी गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याई देशकै शैक्षिक ‘हब’ बनाउनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।

सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सडकलगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीले सांसदहरूलाई सदनमा संयमित भएर प्रस्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाफ दिन आग्रह गर्नुभएको छ ।

सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भई सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...
sugur_uddhog_75qSgwUoWZ_ABVpBFY9Rk

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यताबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज : करिब २५ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना (मिल) पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न...
kiran-thapa_ujVJcZQOFZ

प्रचण्डसँग भेटपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भयो नेकपाकाे असन्तुष्ट पक्ष

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०