"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एमाले नेता जगन्नाथ थपलिया वीर अस्पताल भर्ना

Table of Content

१९ साउन, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पताल भर्ना भएका छन् ।

पार्टीभित्र राजीनामा दिन तीव्र दबाब खेपिरहेका बेला उनी सोमबार साँझ गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दाबोल्दै बेहोस भएर ढलेका थिए ।

भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्किएर आराम गरेका उनी मंगलबार अपराह्न थप उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन् ।

वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार थपलियालाई मंगलबार अपराह्न करिब ४ बजे वीर अस्पतालको सर्जिकल भवनको तेस्रो तलास्थित क्याबिनमा भर्ना गरिएको हो ।

अस्पताल पुगेपछि उनको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरिएको छ।

डा. बुढाथोकीका अनुसार हाल थपलियाको रक्तचाप, अक्सिजनको मात्रा लगायत सबै जीवनरक्षक सूचक (भाइटल साइन) सामान्य अवस्थामा रहेका छन् ।

उनलाई सलाइन चढाएर निरन्तर चिकित्सकीय निगरानीमा राखिएको छ ।

अस्पतालका अनुसार थपलिया टाइप–२ मधुमेह (डायबिटिज मेलाइटस) का बिरामी हुन् । सोही अवस्थालाई समेत ध्यानमा राखेर चिकित्सकहरूले नियमित निगरानी गरिरहेका छन्  ।

‘उहाँलाई सर्जिकल बिल्डिङको तेस्रो तलाको क्याबिनमा राखेर उपचार भइरहेको छ । सबै भाइटलहरू सामान्य छन्, सलाइन चलिरहेको छ र निरन्तर मोनिटरिङ भइरहेको छ,’  डा. बुढाथोकी भने ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...
sugur_uddhog_75qSgwUoWZ_ABVpBFY9Rk

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यताबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज : करिब २५ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना (मिल) पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न...
kiran-thapa_ujVJcZQOFZ

प्रचण्डसँग भेटपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भयो नेकपाकाे असन्तुष्ट पक्ष

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०